बेलका नगरपालिका वडा २ मा रहेको सप्तकौसिका माध्यामिक बिधालयमा अधयन गर्ने बिपन्न , जेहेन्दर छात्र छात्रालाई २ सय २३ थान झोला बितरण गरिएको छ।

उदयपुर जिल्ला क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य साथै नेपाल सरकारका परराष्ट्र मन्त्री डाक्टर नारायण खडकाको पहलामा झोला साथै बिधालयलाई आवस्यक पर्ने १९ प्रकारका सामाग्री औपचारिक कार्यक्रमका बिच बितरण गरिएको हो।
२०३७ सालमा स्थापना भएको बिधालयमा अहिले ५ सय भन्दा माथी बिद्यार्थी अध्यन गर्ने गरेको अध्यक्ष गियानाथा कट्टेलले बताए। बिधालयको भौतिक सुधार ,शैक्षिक गुणस्तरमा वृद्धि गर्दै बिद्यार्थीलाई सहज रुपमा अध्यन गर्न बिज्ञान प्रयोगशाला, पुस्तकालय ,खानेपानी ,खेलकुद लगयतको क्षेत्रमा काम भै रहेको छ।शिक्षामा थप गुणस्तरीय बिकास गर्ने सबै पक्ष लाग्नु पर्छ । बिद्यार्थीको आवस्यकता ध्यानमा राखी हामिले छनोट गरेका बिद्यार्थीलाई झोला बितरण गरिएको अध्यक्ष कट्टेलले बताए।
कार्यक्रमका प्रमुख अतिथी बेलका नगरपालिका वडा नं २ का वडा अध्यक्ष मिश्रिलाल चौधरिले बालबालिका लाई शिक्षामा आकर्षण गर्न यस्ता खालका कार्यक्रमले प्रभाव पार्ने बताए। सबै पक्ष बाट सुदृढ हुँदै गएको बिधालयमा थप गुणस्तर वृद्धि गर्दै भौतिक पुर्वाधार बिकासमा लाग्नु पर्ने बताउदै बिद्यार्थीलाई झोला उपलब्ध गराउने सबै पक्षलाई धन्यवाद दिएका छन।
कार्यक्रममा अभिभावक, बिद्यार्थी, बिधालय ब्याबस्थापन समितिका सदस्य लगायतको उपस्तिथिमा सम्पन्न भएको हो।



