“शिक्षा, स्वास्थ र रोजगारिको लागि हाम्रो आन्दोलन समृद्ध प्रदेश र समाजबादी शिक्षाको पक्षमा प्रथम प्रदेश सम्मेलन” भन्ने मुल नाराका साथ संचालन भएको अनेरास्ववियू क्रान्तिकारी एक नम्बर प्रदेशको सम्मेलन सप्पन्न भएको छ ।


सुनसरीको इटहरीमा भएको कार्यक्रम प्रदेशको १४ जिल्ला तथा क्याम्पस ,बाट प्रतिनिधित्व गरेर २ सय भन्दा धेरै विद्यार्थीको उपस्थितिमा प्रदेशको सम्योजक मदन भट्टराईको अध्यक्षता नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा एक नम्बर प्रदेश सह- इन्चार्ज अजम्बर काङमाङको प्रमुख उपस्थितमा माओवादी पार्टीका प्रदेश अध्यक्ष सुरेस कुमार राई (हिमाल ) विशेषअतिथिमा एक नम्बर प्रदेशका पुर्व अर्थ मन्त्री नेकपा माओवादीका केन्द्रिय सदस्य इन्द्र आङ्बो ,प्रदेश माननीय तथा ओखलढुंगा जिल्ला अध्यक्ष हिमसिखर , पुर्व विद्यार्थीनेता अइन्द्र बिक्रम बेगा , शिव डागी, बिरेन्द्र बस्नेत लगायतको उपस्थितमा सम्पन भएको हो ।
अखिल क्रान्तिकारी एक नम्बर प्रदेशमा १३७ वटा स्थानीय तह र १४ जिल्लाको जिल्ला अधिबेशन गरेर प्रदेश सम्मेलन गरिएको हो । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि अजम्बर राइले युवा, विद्यार्थीहरु शिक्षा सगै ब्यापारमा अगाडि बढ्नु पर्ने ,अबको विद्यार्थी आन्दोलन उधमसिलता सग जोडेर अगाडि लैजानको लागि अनुरोध गरे अहिले र अबको शिक्षा अनुसन्धानमुलक हुनु पर्छ र यस्को नेतृत्व अबको अखिल क्रान्तिकारीले गर्नु पर्ने व्यक्त गरे र माओवादी को आन्दोलन लगायत विभिन्न आन्दोलनमा आएको उपलब्धिलाई जोगाउन युवा ,विद्यार्थी एक जुट भयर लाग्न निर्देशनात्मक अनुरोध गरे ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ,माननीय एक नम्बर प्रदेश अध्यक्ष सुरेस कुमार राइले पनि सुभकामना व्यक्त गर्दै भने राजनीति गर्ने युवा बिचारमा स्पष्ट हुनुपर्ने अनि मात्र अरु विद्यार्थीलाई बुझाउन सक्ने हुनुपर्छ भने ,बिगर्दै गएको राजनीति र राजनीतिलाई हेर्ने दृस्ठिकोणलाइ विद्यार्थी आन्दोलनले सहि ठाउँमा लियाउन अनुरोध गरे , यो आन्दोलनको ब्यबस्था पछी अबको आन्दोलन आर्थिक समृद्धि भएको हुदा यस्को बहस चलाउन अनुरोध गरे ।गरिबले पनि डाक्टर ,इन्जिनियर ,पाइलट पढ्नको लागि हरेक स्थानीय तहलाइ अखिल क्रान्तिकारीले खबरदारी गर्न अनुरोध गरे ,शिक्षाको बिकास बिना अन्य कुनै बिकास सम्भब नभएको हुदा कम्तीमा २०% पैसा शिक्षाको क्षेत्रमा बिकास बिनियोजन गर्न दबाब सिर्जना गर्नु पर्न बताय ।
सम्मेलनको बन्द सत्रमा ठुलो रक्साकस्सी बिच पुर्ण प्रदेश कमिटी बन्न सकेन , प्रदेस कमिटी बन्न नसकेपछि ५५ सदस्य प्रदेश कमिटी टुंगयार सकिएको र छिटै बैठक बसेर पदाधिकारी बनाएर पुर्णता दिने बताइएको छ ।
अखिल क्रान्तिकारीको २२ औ केन्द्रिय महाधिवेशन असोज १४-१६ सम्म काठमाडौंमा हुने हुदा स्थानीय तह,जिल्ला देखि प्रदेश सम्मेलन सकिएको हो ।
प्रदेश कमिटीको अध्यक्षको लागि ताप्लेजुङका प्रजिन हाङमाङ, धनकुटाका इन्द्र बिष्ट ,सोलुखुम्बुका सुमन थुलुङ , भोजपुरका हेमन्त राई, झापाका रबि बस्नेत ,उदयपुरका भरत घिमिरे , मोरङ्का जिसस न्यौपानेको चर्चा छ ।




