NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकाका इसीडी शिक्षक र कर्मचारीले आन्दोलन गर्ने

1 Mins read

बेलका नगरपालिका अन्तर्गतका बाल विकास तथा विद्यालयका कर्मचारीहरुले तलब भत्ता निकासा नभएको भन्दै आन्दोलन थालेका छन् । बेलका नगरभित्र कार्यरत सम्पूर्ण विद्यालयका कर्मचारी र बाल विकास शिक्षकको तलब भत्ता साउनदेखि लागु हुनेगरी नै बढाइनुपर्ने माग गर्दै आन्दोलनको तयारी गरिएको छ ।

बाल विकास शिक्षक तथा कर्मचारीहरु, प्रतिनिधिले नगरपालिकामा ज्ञापनपत्र समेत बुझाउने छ्न ।

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको हकहित तथा सेवा सुरक्षा सम्बन्धमा सर्वोच्च अदालतबाट फैसला भइसके पनि बेलका नगरले लागू नगरेको भन्दै आन्दोलन गर्ने बताय दिनानाथ सुबेदिले लेखापालको मासिक तलब १८ हजार ५ सय रुपैयाँ र बाल विकास शिक्षक तथा कार्यालय सहयोगीको तलब १५ हजार रुपैयाँ हुनुपर्ने माग गरे ।

बाल विकासका शिक्षकहरू खानसम्म नपुग्ने गरी मासिक ६ हजार रुपैयाँ तलबमा चित्त बुझाउनु पर्ने अवस्था अन्त्य हुनुपर्ने र सरकारी तहबाट भएको विभेदलाई यथाशीघ्र सच्याउनुपर्ने माग उनीहरुले अघि सारेका छन् ।

बेलका नगरपालिका अन्तर्गत ५४ वटा सामुदायिक विद्यालयमा करिब एक सय बाल विकास शिक्षक कार्यरत छन् ।
सो कार्यक्रम सरकारले आर्थिक वर्ष ०५३÷०५४ मा ल्याएको थियो । यस अवधारणा अन्तर्गत विपन्न वर्गका ३ देखि ५ वर्षसम्मका बालबालिकालाई विद्यालय जान अभिप्रेरित गर्नुका साथै शिक्षामा प्रत्यक्ष आवद्ध हुन नसकेका बालबालिकालाई रेखदेख गर्ने र पाँच वर्षपछि स्कुल जान मानसिक रूपमा तयार पार्ने कामका लागि बाल विकास शिक्षकको अवधारणा आरम्भ भएको थियो ।

चालु आर्थिक वर्षको बजेटमा संघीय सरकारले इसीडी शिक्षक र कर्मचारीको पारिश्रमिक वृद्धि गरेर १५ हजार पुर्‍याउने घोषणा गरेकाे थियाे ।  घोषणाअनुसार संघीय सरकारले ८ हजार उपलब्ध गराउने र बाँकी ७ हजार स्थानीय सरकारले व्यहोर्नुपर्ने उल्लेख छ । तर,स्थानीय तहहरूले भने संघीय सरकारले तोके अनुसारको इसीडीशिक्षक र कर्मचारीहरूलाई ७ हजार थपेर पारिश्रमिक उपलब्ध गराउन सकेका छैनन् ।    

यसैगरी उदयपुरको रौता गाउँपालिकाले उक्त गाउपालिकाका बाल बिकास तथा कर्मचारीको तलब राज्यले भनेअनुसार बढाएको बताय शिक्षा प्रमुख गोबिन्द कार्किले ।
विद्यार्थीहरुको भबिस्य शिक्षक कर्मचारीको हातमा हुन्छ राज्यले भनेअनुसार शिक्षकले तलब नपाउने हो भने विद्यार्थीहरुले पाउने शिक्षाको आवश्यकता भबिस्यमाथी प्रश्न उठन सक्छ ।

आफ्नो नाम नखुलाउने सर्तमा एक कर्मचारीले भने कृषि र पसुको नाम र बालुवामा लगाउनु भन्दा शिक्षकमा लगानी गर्न अनुरोध गरे । नगरप्रमुखले विभिन्न ठाउँमा भाषण गर्दा राम्रो उदाहरण दिएको शिक्षामा लगानी बिना कुनै बिकास सम्भब नभएको हुदा लगानि गर्ने बताय पनि हामीलाई भनेजस्तो तलब नदिएको बताए!

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *