NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा

1 Mins read

नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो ।

सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो शंस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो ।
मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा नेपालले नवौं मिनेटमा नै गोल खाएको थियो । कर्नरको बलमा सुमन रेजाले हेड गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा नेपालले गोल फर्काउने प्रयास गरेपनि सफल भएन । दोस्रो हाफमा बंगलादेशले केही रक्षात्मक खेल खेल्यो ।

खेलको ८२औं टिनिङ प्वाइन्ट रहयो । वान भर्सेस वानमा रहेका नेपाली खेलाडीले फल गरेपछि बंगलादेशी गोलरक्षक जिकोले रातो कार्ड पाए । १० खेलाडीमा झरेको बंगलादेश दबावमा आयो र अञ्जन विष्टलाई डिबक्स एसियामा नै लडाउन पुगे । नेपालले पेनाल्टी पायो, जसमा अञ्जनले नै सहजै गोल गरे ।

बराबरीसँगै ७ अंक जोडेको नेपाल फाइनलमा पुगेको छ भने बंगलादेश समूह चरणबाटै बाहिरिएको छ ।

अब उपाधिका लागि नेपालले भारत र माल्दिभ्स मध्ये एकसँग खेल्नेछ । यो दुई टोलीबीच समूह चरणकै अन्तिम खेल बुधबार हुनेछ । फाइनलमा स्थान बनाउन माल्दिभ्सलाई बराबरी भए पुग्छ भने भारतलाई जित्नै पर्ने दबाव छ ।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *