कृष्णमान चौधरी।बेलका ।कार्तिक ।०१/
जोगिदह यूथ क्लब,जोगिदह र हडिया फूटबल क्लब , हडिया फाइनलमा प्रबेश गरेको छ । प्रतियोगितामा उदयपुरका जम्मा ८ ओटा टीमले भाग लिएका थिए।
जे.वाई.सी जोगिदहले लक्ष्मिपुर एफ.सीलाई ट्राईबेकरमा २ गोलको अग्रताले फाइनमा प्रवेश गरेको हो भने हडिया एफ.सीले कालिका एफ.सी क्लव चौदन्डिगढी ०५ लाई ० को विरुद्ध १ गोलको अग्रताले फाइनमा प्रवेश गरेको छ ।
मलिथम थारु सेवा समाज उदयपुरद्वारा आयोजित प्रथम उदयपुर मलिथम च्याम्पियनसिप २०२१ आयोजना २०७८ साल असोज ३० गते सुरु भएको थियो।
“लागुपदार्थ दुव्यर्सनी विरुद्धको अभियान” भन्ने मूल नाराका साथ उदयपुर जिल्लाको थारु यूवाहरुलाई सक्रिय बनाउनका लागि प्रथम उदयपुर मलिथम च्याम्पियनसिप २०२१ आयोजना गरिएको संस्थाका अध्यक्ष संजय चौधरीले जानकारी दिनुभयो।
प्रतियोगिताका बिजेताले नगद रु २५ हजार शिल्ड ,मेडल र प्रमाणपत्र र उपबिजेताले नगद रु १५ हजार र शिल्ड ,मेडल र प्रमाणपत्र साथै बेस्ट गोल किपर ,बेस्ट डिफेन्डर ,बेस्ट मिड ,बेस्ट फर्वाड , सर्वाधिक गोल कर्ता र उदयमान खेलाडीहरु लाई आकर्षक पुरस्कारको ब्यबस्था रहेको संस्थाका अध्यक्ष संजय चौधरीले बताए ।
समापन खेल भोलि कार्तिक २ गते समापन हुने अध्यक्ष चौधरीले जानकारी दिए।


