NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

बेलका वार्ड न -२ दोस्रो वार्डअध्यक्ष कप फुटबल प्रतियोगिता सप्पन्न

1 Mins read

कृष्णमान चौधरी /बेलका /
दोश्रो वडा अध्यक्ष फूटबल प्रतियोगिता २०७८ आज सप्पन्न भएको छ। बेलका नगरपालिका वडा न २ को प्रायोजकमा र लालिगुराश नव यूवा क्लबको आयोजनामा प्रतियोगिता सम्पन्न भएको छ।आज भएको फाइनल खेल वडा न १ र वडा न ४ बिच रहेको थियो।खेलको निर्धारित समय अबधिभर कुनै गोल हुन नसक्दा ट्राइ ब्रेकरबाट वडा न १ ले उपाधी हात पार्न सफल भए।


कार्यक्रममा बिजय राइले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथी गण,खेलप्रेमी महानुभाबहरु लाई कार्यक्रम स्वागत गरे।”राष्ट्रका लागि खेलकुद,स्वास्थका लागि खेलकुद” भन्ने मूल नारालाइ आत्मसात गर्दै स्थानीय स्तरमा पनि यूवाहरुलाइ लक्षित गरि खेलकुद प्रती अगाडी बढाउने साथै स्थानीय स्तरमा लुकेका प्रतिभाहरु लाई प्रदर्सन गर्नका लागि खेलकुद आयोजना गरेको राइले जानकारी दिए।

प्रतियोगितामा प्रमुख अतिथी वडा न २ का वडा अध्यक्ष मिश्रिलाल चौधरी, बिशेष अतिथी नगर यूवा खेलकुद बिकास समितिका अध्यक्ष सीता राइ, अतिथिहरु कार्यपालिका सदस्य बिचारी सार्की , बे.न.पा वडा न २ का वडा सदस्य कुमार प्रसाद अधिकारी,बिमला राई ,खडग नारायण श्रेष्ठ, नगर न्यायीक समिती प्रेम बहादुर दाहाल ,बेलका नगरपालिका ने.का का वडा सभापति लक्ष्मण थापा,सप्तकोसी सा.ब.उ का अध्यक्ष कुमार थापा,आदर्श सा.उ.ब का अध्यक्ष जीवन खतिवडा ,नेपाल रेडक्रस सोसाइटी तपेश्वरी उप-शाखा सभापति ध्रुब कोइराला ,सुरक्षा निकायका प्रतिनिधि भगवान खत्री ,सयपत्री टोल बिकास संस्थाका अध्यक्ष सुर्य बहादुर बस्नेत ,समाजसेवी व्यावसायि अजय थापा,सुमन्त कोइराला ,अजम्बरी यूवा क्लब का अध्यक्ष नीर बहादुर तामाङ्ग ,कार्की बाख्रा फम का संचालक पाण्डब कार्की ,स्थानीय बुद्धिजिबि,अगुवा साथै खेलप्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथीले यूवाहरुलाइ लक्षित गरि सन्चालन गरेको कार्य एकदमै सराहनीय कार्य भएको व्यक्त गरे । वडा न २ बाट सो खेलका लागि रु १ लाख वडा न २ बाट आर्थिक सहयोग गरेको जानकारी गराउनुभयो।

प्रतियोगिताको बिजेताले नगद रु २५ हजार ,शिल्ड मेडल र प्रमाणपत्र त्यसैगरी उप बिजेताले नगद रु १५ हजार ,शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार पाएको आयोजक कमिटीका अध्यक्ष लिलाराम शर्माले जानकारी गराउनुभयो।

प्रतियोगितामा बेलका नगरपालिकाका जम्मा १० टीम सहभागी थिए । जसमा वडा न २ को आयोजक र वडा न २ को छुट्टाछुट्टै टीम गरि जम्मा ९ टीम सहभागी थिए।प्रतियोगिता कार्तिक १३ गते बाट सुरु भएको थियो।

बेलका नगरपालिका वडा न २, भागलपुरको खेलमैदान मा भएको थियो।प्रतियोगिता भर आवर भागलपुर पेज बाट प्रत्यक्ष प्रसारण गरेको थिए। कार्यक्रम सन्चालन सुबास बिष्टले गरेका थिए।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *