NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

राप्रपा अधिवेशन : दरिलाे जनआधार राम थापा १ नं. प्रदेसकाे अध्यक्षमा उमेद्वार

1 Mins read

राप्रपाकाे केन्द्रिय महाअधिवेशन मंसिर दाेस्राे सातामा हुने भएपछि प्रदेस अधिवेशनकाे सर्गर्मि प्रदेश १ मा बढेर गएको छ । कार्तिक २८ गते दमकमा प्रदेशको अधिबेशन हुने तय पश्चात् १ नं प्रदेसमा पार्टीका पुराना नेताहरु बिचमानै प्रतिस्पर्दा हुन लागेपछि चुनावी माहाेल झन तातेकाे हाे । अहिले राप्रपाकाे १ न प्रदेस अध्यक्षकाे नेतृत्व गरिरहेका राम थापा, झापाली अर्का नेता भक्ती सिटौला र माेरङका विश्व माेहन थापा अध्यक्ष पदका लागि चुनावी माैदानमा छन् ।
एकता अधिवेशन भएको हुदा चुनाव भन्दा पनि सहमतिका अाधारमा प्रदेस अधिवेशन गर्न चाहेकाे साे समितिका सह सचिव समेत रहेका हरिकृष्ण श्रेष्ठले बताए । तथापि अन्तिम सम्म पनि सहमति र सहकार्यका लागि गृहकार्य हुने श्रेष्ठले जिकिर गरे ।
यता अर्काेतर्फ केन्द्रीय सदस्य समेत रहेका शंकर थापा भने लगभग निर्वाचन नै हुने बताउछन् । अब सहमति गर्ने समय छुटि सकेको हुदा प्रदेस अध्यक्ष पदमा निर्वाचन हुने उनकाे तर्क छ ।
त्यसाेत तीन उमेदवार मध्ये स्वत: राम थापा ह्यावि वेट उमेदवार भएको कार्यकर्यतानै स्विकार गर्दछन् । १ नं प्रदेसका १४ वटै जिल्ला अध्यक्षहरु मध्ये अधिकांश जिल्ला अध्यक्षहरु राम थापाको पक्षमा रहेकाले पनि थापालाई बलियो उमेद्वारकाे रुपमा सबैले मुल्यांकन गरेका हुन् । त्यसाेत राप्रपामा राम्रो जनसम्पर्क भएका व्यक्तिको रुपमा राम थापालाई चिनिन्छ । सालिन स्वभाव र मिलनसार व्यक्तिको रुपमा परिचित उनी कार्यकर्ता स्तरमा भिजेका नेता हुन् । सबैलाई मिलाएर लैजान सक्ने उनकाे छविका कारण राम थापालाई कार्यकर्ताले साच्चिकै राप्रपाकाे भविष्य वाेकेकाे नेताका रुपमा समेत चिन्ने गरेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाकाे मेयर पदमा उठेका राम थापा झिनाे मतले नेकपा एमाले संग पराजय भएका थिए । जनमतको खडेरी परेको राप्रपामा स्थानीय तहमा २० अाैं हजार मत प्राप्त गर्न सफल थापालाई दरिलाे जनमत भएको पुर्वी नेपालकाे नेताका रुपमा समेत चिनिन्छ । प्रदेश १ का पार्टीका जिम्मेवार नेताहरु तथा लामो समय पार्टीमा योगदान गरेका कार्यकर्ताहरु समेत नेतृत्वमा राम थापानै उपयुुक्त हुने जिकिर गर्छन् ।
जनमत मात्र नभएर थापा राप्रपाले पत्याएकाे व्यक्ति पनि हुन् । जसले गर्दा पार्टी एकता पछिपनि थापा सर्वसम्मत प्रदेश अध्यक्ष भएका थिए । थापा निकट श्राेतका अनुसार उनी राप्रपाका तिनैजना अध्यक्ष पशुपतिशमशेर राणा, कमल थापा र डा प्रकास चन्द्र लाेहाेनिलेनै पत्याएका नेता हुन् । किशाेरावस्था देखिनै पार्टीको कठिन माेडमा समेत हाेस्टेहाैसे गर्दै अाएका राम थापालाई राप्रपाकाे विगत, बर्तमान र भविस्य बाेकेकाे नेताकाे रुपमा समेत हेरिन्छ ।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *