NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

आगन्तुकलाई आफैँ चिया बाँड्छन् परराष्ट्रमन्त्री डा. नारायण खड्का

1 Mins read

गोर्खा सैनिकको समस्या समाधानका लागि बेलायत सरकारसँग चाँडो वार्ता गर्नुपर्ने माग लिएर पूर्व गोर्खा सैनिक कृष्णकुमार राईको टोली गत शनिबार परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्न हेपाली हाइटस्थित उनको निवासमा पुग्यो । छेवैमा बेलायतका पूर्वनेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी ( दुबुसु क्षेत्री) पनि मास्क लगाएर दुईवटा अङ्ग्रेजी किताब बोकेर बसिरहेका थिए । मन्त्री खड्काले आगन्तुकलाई सोधे– कस्तो चियो पिउनुहुन्छ ? कालो कि सेतो ?


केही बेर घरभित्र छिरेका मन्त्री खड्काले आफैँ चिया पकाएर किस्तीमा लिएर आए । ‘चिया लिनोस्’ भन्दै आगन्तुकलाई ‘सर्भ’ गर्न थालेपछि त्यहाँ उपस्थित पाहुना छक्क परे । पाहुनाले चिया पिइसकेपछि मन्त्री खड्काले सबै कपहरू उठाएर किस्तीमा बटुले अनि भित्र लगे ।  
परराष्ट्रमन्त्री खड्कालाई सहयोग गर्दै आएका लीला भट्टराईका अनुसार कतिपय पाहुनाले  यस्तो दृश्यलाई अचम्म मानेर फोटो खिच्ने गरेता पनि यो कुनै अनौठो परिघटना होइन । मन्त्री खड्का सधैँ यसै गरी घरमा आएका पाहुनालाई चिया पकाएर आफ्नै हातले बाँड्ने गर्दछन् । खड्का मन्त्री क्वार्टरमा बस्दैनन् । आफ्नै निवासबाट सिंहदरबार जान्छन् ।

नेपाली काँग्रेस काँग्रेसको केन्द्रीय सदस्यसमेत रहेका डा. खड्काले घरमा काम गर्ने मान्छे राखेका छैनन् । उनी खाना पकाउने लगायतका आफ्ना दैनिक कामहरू आफैँ गर्छन् । परराष्ट्रमन्त्री खड्काको घरमा सुरक्षाकर्मी पनि छैनन् । उनी भन्छन् ‘म गरिब देशको मन्त्री हुँ, मलाई अनावश्यक तडक–भडक गर्नु छैन, जनताजस्तै भएर रहन चाहन्छु ।’

आफूले पाहुनालाई चिया पकाएर खुवाउनु कुनै समाचारको विषय नभएकाले यसको प्रचार–प्रसार गरिरहन जरुरी नरहेको डा. खड्काले बताए । ‘यो त मानिसको आ–आफ्नो चेतनास्तरको कुरो हो, उनले भने, विगतमा कतिपय मन्त्री र नेताहरूले मोटरसाइकल चढेको मिडियामा समाचार आयो, भोलिपल्टै उनीहरू फेरि गाडीमै हिँडेको पनि देखियो । त्यसैले मलाई यस्तो गरेँ, उस्तो गरेँ भन्दै प्रचार गर्न रुचि छैन । प्रचारका लागि यसो गरेको पनि होइन ।’

उदयपुरबाट निर्वाचित सांसद खड्काले अहिले परराष्ट्र मन्त्रालय हाँकिरहेका छन् । उनी आगामी महाधिवेशनमा काँग्रेसको उपसभापतिमा लड्ने तयारीमा छन् । यहाँ मन्त्री खड्काको मन्त्रालयगत एवं पार्टीगत जिम्मेवारीको कुरा नभएर केही व्यवहारिक किस्सा सुनौँ –
सुशील कोइरालाको क्याबिनेटमा डा. खड्का सहरी विकास मन्त्री थिए । एक दिन प्रधानमन्त्री कोइरालाले उनलाई एक घण्टाभित्र बालुवाटार आइपुग्न भने । गाडीको चालक भक्तपुरतिर बस्ने, आफू बूढानीलकण्ठ छेउमा हेपाली हाइटमा बस्ने । चालक आउञ्जेलसम्म ढिलो होला भन्ने लाग्यो, त्यसपछि उनै पदलै हिँडेर बालुवाटारतिर लागे ।

साथमा गार्ड लिएर हिँड्न नमान्ने मन्त्री खड्का प्रधानमन्त्री निवासको गेटमा पुगेपछि प्रहरीसँग संवाद भयो–
कसलाई भेट्न आउनुभएको ?
प्रधानमन्त्रीलाई ।
तपाईंको नाम के हो ?
नारायण खड्का ।  
भित्रबाट नाम टिपाएको छ ?
छैन ।
उसोभए नाम नटिपाई भित्र जान मिल्दैन ।
प्रहरीले सहरी विकास मन्त्री हुन् भन्ने नचिनेर भित्र जान दिएनन् । खड्काले पनि आफू मन्त्री हुँ भनेनन् ।

सुशील कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकाललाई मन्त्री खड्काले गेटबाट फोन गरे । त्यसपछि बल्ल प्रहरीले सलाम गर्दै भित्र जान दिए ।
चीनकाजी श्रेष्ठ नेपाली काँग्रेसका पूर्व सचेतक हुन् । एक दिन श्रेष्ठले मन्त्री खड्का सडकमा लुखुर–लुखुर हिँडिरहेको गाडीबाट देखे । गाडी रोकेर श्रेष्ठले भने, मन्त्रीज्यू, यो के गर्नुभएको ? आउनुहोस्, गाडीमा बसौँ ।
खड्का गाडीमा चढ्न मानेनन् । श्रेष्ठले रिसाउँदै हिँडे, ‘पख्नोस्, म सुशील कोइरालालाई सुनाइदिन्छु !’
डा. खड्काले जवाफ फर्काए– भन्दिए हुन्छ ।
सिंहदरबारमा एक दिन उच्चस्तरीय छलफल थियो । खड्कालाई तत्कालै पुग्नु थियो, चालक घरमा आइपुग्न समय लाग्ने भयो । आफूलाई भेट्न आएका एकजना शुभचिन्तकलाई खड्काले भने, ‘ए भाइ मलाई सिंहदरबारसम्म पुर्‍याइदिन न ।’
सिंहदरबारको गेटमा सेक्युरिटीसहित गाडीमा अग्नि सापकोटा भित्र छिरिरहेका थिए । पछि मिटिङमा चर्चा चलेछ, माओवादी नेताहरूले उनलाई गाडीमा घर पुर्‍याइदिने प्रस्ताव राखे । तर, खड्काले भने, पर्दैन, बाहिर मोटरसाइकल लिएर एउटा भाइले कुरिरहेको छ ।’
नेपाली काँग्रेका नेता एवं मन्त्री खड्काले आफू निकटस्थहरूसँग भन्ने गरेका छन्, मैले कम्युनिस्ट नेताहरूलाई पनि देखाउनु छ, सादगीपन कस्तो हुनुपर्छ भनेर ।
विगतमा मन्त्री खड्का नेपाली काँग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई निकट मानिन्थे । भट्टराईले नै उनलाई पार्टीमा अगाडि बढाएका हुन् । अहिलेचाहिँ खड्का शेरबहादुर देउवासँग नजिक छन् ।
नारायण खड्का, एनपी साउद, शङ्कर भण्डारी, विपिन कोइराला, कुलबहादर गुरुङ र लक्ष्मणप्रसाद घिमिरेलगायतका नेताहरूलाई मिल्ने मतका आधारमा काङ्ग्रेसभित्र बीपी विचार र किशुनजीको मूल्य–मान्यताको स्थिति मूल्याकङ्न गर्न सकिने अनुमान विश्लेषकहरूको छ भने डा. नारायण खड्काले उदयपुर निर्वाचन क्षेत्रबाट लगातार ३ पटक समस्दिय निर्वाचन जितेका छ्न भने उक्त क्षेत्रका बिकासबादी नेताको उपनामले परिचीत छ्न !राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुटनैतिक सम्बन्ध राम्रो रहेका खडकालाइ कार्यक्रर्ता तहबाट सभापति लड्नको लागि चर्को दबाब छ !कांग्रेसमा प्रष्ट गुट देखिएको हुदा र तत्कालीन सभापति किसुनजिको लाइनबाट जसरी पनि समेट्न सामाजिक सन्जाल तथा कांग्रेस नेताबाट दबाब हुँदै आएको छ र उक्त ब्यक्ती नारायण खड्का मात्र हुन!कोइराला परिवार ,देउवा बाट कांग्रेस अगाडि नबढेकोमा हजारौ कार्यकर्ता दुखित छन भने किसुनजी सभापति भएको बेला नेपाली कांग्रेस पहिलो दल भएको हुदा समेत उक्त पात्र उक्त टिमको प्रतिनिधित्व गर्ने निस्कलङक ,बिकासप्रेमी बुद्धिजीवी ,बैचारिक ब्याक्ती डाक्टर नारायण खड्का नै हुन! खड्का भन्दा २० औ बरियता तल रहेका कोइरालागुट बाट सेखर सभापतिको लागि देश दौडामा छ्न भने खडका हालसम्म कुनै गुट्मा नरहेको र सभापति भय टुट,फुट,गुट्लाइ एकढिक्का बनाएर लैजानेमा नेपाली कांग्रेस केन्द्रिय समित तथा राष्ट्रिय ,अन्तर्राष्ट्रिय स्तरमा बहस सुरुभएको छ !
डा. खड्काको सरलपन कम्युनिस्टहरूका लागि मात्र होइन, हरेक घरका पुरुषहरूले पनि सिक्न लायक छैन त ?

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *