नेपाली कांग्रेसको आशन्न १४ औ महाधिवेशन नजिक आउदैछ यहि मंसिरमा काठमाडौंमा हुदैछ । कांग्रेसको वार्ड देखि पालिका सम्मेलन सकिसकेको छ भने प्रदेश ,सङ,र जिल्ला अधिबेशनको तयारीमा आम कांग्रेसका कार्यकर्ता लागिपरेको छ्न ।
उदयपुरमा पनि चुनावी सरगर्मी अगाडि बढेको छ । जिल्ला सभापतिको लागि हिमाल कार्की र बिदुर बस्नेतको सामाजिक सन्जालमा उम्मेद्बारी आएको छ भने उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा क्षेत्रिय सभापतिमा वसन्त बस्नेत र खगेन्द्र राई (काजी) को उम्मेद्बारी आएको छ भने संघको केन्द्रिय महाधिवेशनमा प्रतिनिधिको लागि धेरैको उम्मेद्बारी प्रचारप्रसार आउन थालेको छ ।
उदयपुरको बेलका नगरपालिका वार्ड न ९ निवासी जो २१ बर्ष देखि नेपाली कांग्रेसको विभिन्न पदमा रहेर काम गरिरहेकी र विभिन्न संघ सस्थामा काम गरिरहेको एक अनुभवी ,बौद्धिक ,अनुशाशीत, महिलाको सुचिमा अगाडि नाम हो नानिमाया घिमिरे(खतिवडा ) र क्षेत्रिय प्रतिनिधि पनि सर्बसहमत चुनिएकी हुन घिमिरे ।
पहिलो पटक बेलका नगरपालिकाको प्रतिनिधित्व गरेर केन्द्रिय महाधिवेशनमा उम्मेद्बारी प्रस्तुत गरेको हुदा सम्पुर्ण क्षेत्रिय प्रतिनिधिलाई चुनाबमा भोट हाली जिताउन आग्रह गरेको हुन।


