नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बेलका नगरकमिटिको दोस्रो एतिहासिक नगर सम्मेलन सफलता पुर्वक सप्पन्न भएको छ । क. प्रचण्डको प्रमुख सम्बोधन सहित हजारौं पार्टीका नेता ,कार्यकर्ता सुभेछुकको बेलका नगरकपालिकाको सिटिहलमा उपस्थित तथा सम्मेलनबाट ७ सदस्य पदाधिकारी सहित ६५ सदस्य नगरकमिटी निर्वाचित भयको हो ।
अध्यक्ष – मनोज तामाङ
उपाध्यक्ष – जयकुमार राई
उपाध्यक्ष – मिश्रीलाल चौधरी
उपाध्यक्ष – लेख बहादुर परियार
सचिव – भरत घिमिरे
सह -सचीव – पबित्रा राई
कोषाध्यक्ष – हरि जोसि (असोक)
यस अधिबेशनलाई सफलता पुर्वक सप्पन्न गर्न दिनरात खट्नु हुने सम्पुर्ण कम्रेड तथा सुरक्षा निकाय ,स्वयंसेवक लाई विशेष धन्यवाद व्यक्त गरिएको छ ।
आयोजक बाट निमन्त्रणालाई स्वीकार गरि सुभकामना व्यक्त गर्नुहुने स्थानीय राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिलाई धन्यवाद ज्ञापन गरिएको छ ।
आज देशैभरि पालिका सम्मेलन भएको हो ।बेलका मा पनि हजारौंको उपस्थितमा सप्पन्न भएको छ । पछिल्लो समय जनताको मुद्दा माओवादी केन्द्रले लियर हिडेको र देशको एक मात्र देशभक्ती पार्टी माओवादी केन्द्र भएको हुदा माओवादी प्रती सबैको चासो बढिरहेको छ।

प्रदेश सदस्य निरज पौडेलको विशेष उपस्थितिमा रमण भट्टराई ,स्याम श्रेष्ठ , राकेश किराँती ,गङ्गासरी राईको उपस्थित र अन्य राजनीतिक दलबाट एमाले बाट गणेश बस्नेत , जनता समाजबादी बाट सुरेन्द्र खालिङ ,एकीकृत समाजबादि बाट नबराज भट्टराई ,राप्रपा बाट टिकाराम शर्मा लगायत ब्याक्तीबाट सुभकामना व्यक्त गरिएको हो।
नब निर्वाचित ६५ सदस्य कमीटिमा ३५% महिला २० % युवा र १५% दलितको सुनिश्चित गरिएको छ ।
अब पार्टीलाई अगाडि बढाउन टोल टोलमा कमिटी गठन गर्ने र स्थानीय सरकारले गरेको अत्याचार ,दुरुपयोग , भस्ट्चारलाई भन्डाफोर गर्दै जनताको प्यारो पार्टी बनाउने दिशा निर्देश गरेको बताइएको छ ।




