उदयपुर । बेलका नगरपालीकामा रहेको रामपुर परेली ग्रुपले सडकमा जेब्राक्रस बनाउने कार्य सम्पन्न गरेको छ । विभिन्न समयमा सामाजिक कार्य गर्दै आइरहेको रामपुर परेली ग्रुपले पैदल यात्रीहरुलाइ सहज
रुपमा आवतजावत गर्नका लागी सजिलो होस भनेर जेब्राक्रस बनाएको परेली ग्रुपले बताएको छ । सडक दुर्घटनालाई न्यूनीकरण गर्नको लागि परेलिले बेलकाको कोसिपुल देखि आमबासी सम्म विभिन्न अति आवश्यक भिड्भाड, बिध्यालय नजिक भएको ठाउँमा जेब्राकस बनाउने बताय अभियानका संयोजक उमेस बस्नेतले ।


