NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

आम्चोकमा वडाको बिकासमा वडा अध्यक्ष कार्किको मुख्य भुमिका

1 Mins read

मदन अधिकारी / भोजपुर
प्रदेश एक को भोजपुर जिल्ला स्थित आमचोक गाउपालिका विकाशका हिसावले छिटै फड्को मारेको गाउपालिका भन्ने बुझिन्छ । नेपालकै भौगोलिक हिसावले अती दुर्गम स्थानमा रहेको यश स्थान हाल आएर विकाशको लहर चलेकि प्रस्ट देखिन्छ ।
यश गाउपालिकाको १० ओटा वडा कर्यलय मध्य १ नम्बर वडाको भने छुटै विकाश योजना र रणनिति सहित विकशित हुँदै गएको बताउछन् वडा अध्यक्ष डम्बर बहादुर कार्कि । कार्किका अनुसार यश स्थानमा चुनाव जितेर आउदै गर्दा समाधान भन्दा बडि समस्या धेरै रहेका थिए शुरक्षा चुनौति देखि सडक बाटो नहुनु , स्वास्थ्य शिक्षा खानेपानिका मुख्य समस्याको बिचमा रहेको यश वडा पर्यटकिय दृष्टिकोणले भने संभावित वडा रहेतापनि प्रचारप्रसारको अभावले र दैनिक आउने प्रसासनिक कामका जटिलताले काम गर्न नसक्ने खालको वातावरण पो बन्ने होकि भन्ने प्रस्न मेरो मनमा आईरहन्थो । त्यसै विच निरन्तर साथिभाइको सल्लाह सुझावलाई आत्मसाथ गर्दै हिम्मत नहारि काममा लागि परे हाल आएर स्थानिय जनताको दैनिकि प्रसासनिक काम कार्वाहि देखि शान्ति शुरक्षाको हिसावमा यसै स्थामना स्थाई प्रहरी चौकिको स्थापना गर्नको लागि यसै वडाका आदरणिय डा. इन्द्र जित राईको विशेष पहलमा स्थापना भएको छ भने सडकै नपुगेको स्थान संम सडक ल्याउनुले यश वडामा विकाशको लहर चलेको प्रस्ट देख्न सकिने कार्किले बताए । कार्किका अनुसार वडालाई पर्यटकिय स्थल निर्माण गर्न थलथले पिक्निक स्पोर्ट्स् (सल्लाघारी) मा पर्यटकिय प्रवर्द्धनको लागि शुरुवाति भएको छ भने कृषिमा कृषकलाई सामुहिक कृषि फम संचालन गर्न अनुदानको व्यवस्था मिलाईएको छ भने वृद्ध असाय हरुलाई स्वास्थ विमाको व्यस्ता मिलाईएको जनाएका छन् यश वडामा यसै आ.व. को बजेट द्वारा वडाकार्यलयको भवन निर्माण गर्ने सुरुवाति समेत गरिएको जानकारी गराए भने स्वास्थ चौकि भवन निर्माणको लागि जग्गा प्राप्ति भैसकेको र भवन निर्माण कार्य चाडै हुने समेत जनाएका छन् ।
त्यसै गरि नेकपा एमाले भोजपुर जिल्ला कमिटि सदस्य तथा आमचोक गा.पा. वडा नम्बर १ पार्टि अध्यक्ष दिनेश विष्टले यश क्षेत्रमा पार्टिगत हिसावले निकै राम्रो प्रभाव जमेको र हालै आएर एमाले मय वडा बनेको बताएका छन् । पुर्व मुख्य मन्त्रीको गाउपालिका समेत रहेकाले यश क्षेत्रमा एमालेलाई चुनौति दिन सक्ने अरु कुनै शक्ति नरहेको समेत दावि गरेका छन् । त्यसैमा उनले भने वडामा विकाशको हिसावले कुनै कुराको कमि हुन नदिने गरि काम गरीरहेको बताएका छन् । बिष्टका अनुसार पन्चकन्या माविको पर्खाल तथा तार जालि निर्माण संपन्न बुवा खोला लघुविद्दुत्त आमचोक वासिङ थर्पु १ अन्तर्गत १२१ घर धुरिलाई प्रदेश सरकारको सहयोगमा फलामे पोल पुर्याईएको छ भने हिन्दु हरुकोधार्मिक पर्यटकिय स्थल बुवाश्वर मन्दिर पर्खाल निर्माण सम्पन्न गरिएको विष्टले बताएका छन् उनका अनुसार प्रदेश १ का पुर्व मुख्य मन्त्री साथै यसै स्थानका व्यक्ति आदरणिय शेरधन राइको विशेष पहलमा यी कार्यहरु संपन्न भएको बताएका छन् भने आगामि दिनहरुमा यश वडालाई प्रविधि मैत्रि वडा बनाउदै लैजाने योजना समेत पाटिको रहेको बताएका छन् ।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *