फैसला कार्यान्वयन गराउने नेपाल प्रहरीको विभागिय निति अनुसार लागू औषध (गाँजा) मुद्दामा सम्मानित उदयपुर जिल्ला अदालतको मिति २०७७।०८।१६ गतेको फैसलाले १ वर्ष कैद सजाय तोकि लगत कसिएका जिल्ला उदयपुर बेलका न.पा. वडा नं. ७ मैनामैनी बस्ने वर्ष १९ को अशोक राईलाई पक्राउ गरिएको छ ।फैसला कार्यान्वयनको लागि सम्मानित उदयपुर जिल्ला अदालतमा उपस्थित गराईएकोमा निज प्रतिवादीको बाकी रहेको १० महिना १५ दिन कैद सजाय भुक्तानको लागि जिल्ला कारागार उदयपुर, गाईघाट पठाईएको इलाका प्रहरी कार्यलय रामपुरले जनाएको छ ।


