नेकपा एमाले उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरे चयन भएका छन् । नेकपा एमाले उदयपुरको ८ औं जिल्ला अधिबेसनको अध्यक्ष मण्डलले घिमिरेको नाम अध्यक्षमा घोषणा गरेको हो ।
यस्तै उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, सचिवमा कालु लामा, उपसचिवमा भरत थापा र टेकबहादुर राउत चयन भएका छन् । अध्यक्ष मण्डलका संयोजक समेत रहेकी नेकपा एमालेका केन्द्रिय सदस्य तथा उदयपुर इन्चार्ज मञ्जु चौधरीले एमाले उदयपुरको नयाँ नेतृत्वको नाम घोषणा गर्नुभएको हो ।
अध्यक्ष मण्डलले घोषणा गरेको नाम चित्त नबुझे निर्वाचन प्रक्रिया मार्फत उम्मेद्वारी मनोनयन दर्ता गराउन सकिने अध्यक्ष मण्डलले जनाएको ।


