NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

घर मर्मत गर्न आएका मिस्त्रीसँग घरका दुबै बुहारी फिदा, मौका छोपेर दुबै एकसाथ भागे

1 Mins read

भन्छन्, प्रेम अन्धो हुन्छ । मायाको नदीमा डुब्दा मानिसहरु त्यसको गहिराइको वास्ता गर्दैन । भनिन्छ, मायाको कुनै सिमा र उमेर हुदैन । जात, धर्म, धनि, गरिब सबै बिर्सेर मानिसहरु मायामा मात्र पर्छन् ।

यस्तै एक रोचक प्रेम भारतमा देखा परेको छ । भारत, पश्चिम बङ्गालको हावडाबाट एउटा यस्तो घटना बाहिर आएको छ, जुन सुनेर तपाई छक्क पर्नुहुनेछ ।घरमा आएका दुई जना मिस्त्रीसँग दुई महिलाको प्रेम महंगो पर्न गएको हो । सो घरका दुई महिलासँग मिस्त्रीहरुको प्रेम यति बढ्यो कि उनीहरु भागेका छन् ।

पश्चिम बङ्गालको यो घटना सुन्दा मिस्त्रीको मायामा परेका घरका महिलाहरु देखेर सबै चकित छन् ।वास्तवमा, स्थानीय सञ्चारमाध्यमहरुका अनुसार हावडाको निश्चिन्दा प्रहरी चौकी क्षेत्रका दुई राजमिस्त्री मर्मतको कामको लागि एउटा घर पुगेका थिए । त्यहाँ काम गर्दागर्दै घरका दुई बुहारीसँग उनीहरुको कुरा हुन थाल्यो ।

कुराकानी बिस्तारै मित्रतामा परिणत भयो । उनीहरुको मित्रता बढेर प्रेममा परिणत भयो । उनीहरुको प्रेम यतिसम्म बढ्यो कि उनीहरु मिस्त्रीसँगै भाग्न पनि तयार भएका हुन् ।उनीहरु भागेर घरबाट मुम्बई आइपुगेका छन् । अब जेठी र कान्छी बुहारी घरबाट भागेपछि प्रकरण प्रहरीमा पुगेको छ ।

परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएपछि सबै घटना बाहिर आएको हो ।जानकारी अनुसार उनीहरुलाई पहिले मुर्शिदाबादस्थित मिस्त्रीको घरमा लगियो, त्यसको एक दिनपछि मुम्बई प्रस्थान गरेका हुन् । प्रहरीले मुद्दा दर्ता गर्दै दुवै महिलाको खोजी सुरु गरेको छ ।

प्रहरीबाट प्राप्त जानकारी अनुसार घरकी जेठी बुहारीको कल विवरण चेक गर्दा सबै कुरा खुलेको हो ।प्रहरीले तत्कालै राजकुमारको घरमा छापा मार्यो तर कोही भेटिएनन् । दुवै राजमित्र घरका दुई बुहारीसहित फरार छन् । स्थानीय प्रहरीले ती व्यक्तिहरुको वास्तविक स्थान पत्ता लगाउने प्रयास गरिरहेको छ ।

अहिले प्रहरीले विशेष टोली बनाएर उनीहरुलाई खोज्न मुम्बई पठाउने तयारी गरिरहेको छ ।सोही क्रममा घरकी जेठी बुहारीसँगै कान्छी बुहारी पनि ६ वर्षको बच्चालाई लिएर गइन् । योजना अनुसार घरबाट भाग्नुअघि उनले आफ्नो फोन स्वीच अफ गरेको बताइएको छ । जसको लोकेशन ट्रेस हुन सकेको छैन 

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *