नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बेलका नगरकमिटी -६ ले आयोजना गरेको एक कार्यक्रममा नेकपा एमाले परित्याग गरि ६६ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको हुन । नब प्रबेसिलाई पार्टीको प्रदेश कमिटी सदस्य रमण भट्टराईले स्वागत गरेको हुन् ।
बेलका नगरकमिटिमा विभिन्न वार्डमा सपथ ग्रहण तथा सङ्ठन निर्माणलाई अहिले नेकपा माओवादी केन्द्रले अगाडि बढाइरहेको छ ।
स्थानीय सरकार जनता प्रती उत्तरदायी नभएको ,भस्टचारमा चुर्लुम डुबेको ,बेलकाबासिलाई हावा सपना बाढेको र बिकास नगरी कार्यकाल सकिन लाग्दा उक्त पार्टीका नेता कार्यकर्ताले भटाभट एमाले छोड्दै आइरहेको छन ।
नेकपा एमाले छोडदै केही कांग्रेस ,केही माओवादी भने केही नेकपा एकीकृत समाजबादी ,जनता समाजबादिमा प्रवेश गरेको दिनप्रतिदिन देख्न सकिन्छ ।
बेलका नगरकमिटी वार्डन -६ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमा पार्टीका नगरकमिटी अध्यक्ष मनोज तामाङ ,पार्टीका इन्चार्ज राकेश किराती ,नगरकमिटी सचिव भरत घिमिरे ,सदस्य ललित राई लगायत नेता कार्यकर्ताको उपस्थितमा भोजराज राई (आकास) को सभाअध्यक्षमा कार्यक्रम भएको हो । गरि ६६ जना माओवादी केन्द्रमा प्रवेश



