बेलका नगरपालिकाको विभिन्न क्षेत्रबाट अहिले ढुङ्गा तस्करी हुन थालेको छ । बेलका नगरपालिका बाट नगरभित्र बिकास निर्माण कामको सिफारिस काट्ने तर संबंधित निकाय सगको सेटिङमा सुनसरी ,सप्तरी ,भारतिय बोर्डर पुग्ने गरेको छ यसबारे बेलका नगरपालिकाका जनप्रतिनिधि तथा सम्बन्धि निकाय मौन छ्न ।
त्यस्तै निजि जग्गाबाट ब्यक्तीले बाताबरणिय प्रभाव मुल्यांकन गरेर ढुङ्गा निकाल्ने तर एक ठाउँ iee गर्ने अर्को ठाउबाट दिनरात ढुङ्गा सिमापारी तस्करी भैरहेको छ । बाताबरणिय प्रभाव मुल्यांकन एकातिर ढुङ्गा उत्खनन अर्को तिर हुदा बेलका -४/५/६/८ मा स्थानीय जनता त्रसित हुन थालेको छ्न ।
नम्बरिको नाममा भिर पाखा खोत्लदा स्थानीय उपभोक्ता जनता पहिरो जाने डरले दिनरात डराइरहेको छ्न तर स्थानीय जनप्रतिनिधि तथा सब डिभिजन बन रामपुर तथा मैनामैनी चुपचाप बसिरहेको र नदेखिरहेको अवस्था छ ।
ढुङ्गा गिटि उत्खनन तथा बिक्रि ब्यबस्थापन मापदण्ड निर्देशिका २०७७ अनुसार नभएको पाइएको छ ।
दिनहु उत्खनन र बेलका नगरपालिकाको ठेक्का नलागेको खोलाको ढुङ्गा स्थानीय बिकास निर्माणको नाममा बाहिरको ब्यापारीलाई भित्री मोटो रकम लियर सस्तोमा यहाका ढुङ्गा ,गिटि ,बालुवा दिदै आएको पाइन्छ ।अहिले खोलामा ढुङ्गा,गिटि देखिन छोडेको छ्न ।त्यस्तै ढुङ्गा गिटि अबैधानिक रूपमा तस्करी हुदा गत बर्ष बेलकामा २० टिपर स्थानीयको नियन्त्रणमा, ठेक्का खारेजीको माग गर्दै
सिसुवा खोलाको ढुंगा ओसार्ने २० वटा टिपर र एउटा स्काभेटर स्थानीयले नियन्त्रणमा लिएपछि विवाद चर्किएको थियो ।
बेलका नगरपालिका ४ र ६ को सीमानामा पर्ने सिसुवा खोलाबाट रातभर ढुंगा ओसारिएको भन्दै स्थानीयले ३ दिनअघि टिपर र स्काभेटर नियन्त्रणमा लिएर आन्दोलन गरेको हुन ।
स्थानीयले नियन्त्रणमा लिएका सबै टिपरहरु सिरहाको बीपी कन्स्ट्रक्सनका थिए । उक्त कम्पनीले ३ करोड ५६ लाख रुपैयाँमा तत्कालीन समयमा सिसुवा खोलाबाट ढुङ्गा झिक्ने ठेक्का पाएको थियो ।
मध्यरातमा टिप्परले ढुंगा ओसार्दा सुत्न नपाएको भन्दै स्थानीयले टिपर रोकेर विरोध गरेका थिए । स्थानीयले ठेक्का नै खारेज गर्नुपर्ने माग राखेका थिए ।विवाद जिल्ला प्रशासन कार्यालय उदयपुर सम्म पुगेको हो। ‘ तर स्थानीयहरुले ठेक्का नै खारेजीको माग राखेका हुन ।गत बर्ष पनि एलानी जग्गामा उत्खनन गर्दा केही निर्माण कम्पनी /ब्यक्ती लाई नगरपालिकाले जरिवाना गरेको हो । अहिले बेलका नगरपालिकाको सिखरमाडी क्षेत्र बाट ,सुपाडे/ सिसौली टपु ,र कोसिपुल चतरा बाट ढुङ्गा,गिटि सिमापारी जादैगरेको देखिन्छ त्यो पनि रातको समयमा । यसरी उत्खनन गर्दा बहुमुल्य बनस्पति तथा चराचुरुङ्गी नास हुँदै गएको देखिन्छ ।


