NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATURE

पढ्दै-कमाउँदै कार्यक्रमका लागि उदयपुरबाट दुई बिध्यालय सहित देशैभरीबाट १४० विद्यालय छनोट

1 Mins read

पढ्दै-कमाउँदै कार्यक्रमका लागि उदयपुरबाट दुई बिध्यालय सहित देशैभरीबाट १४० विद्यालय छनोट
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउदै कार्यक्रमका लागि छनोट भएका १४० विद्यालयको सूची सार्वजनिक गरेको छ । जस्मा उदयपुर जिल्ला बाट दुइटा बिध्यालय परेको हो ।बेलका नगरपालिकाको बरपिपल माबी कमलाबारी -९ र उदयपुरगढिको नमुना माबी भलायडाडा परेको हो।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत पढ्दै कमाउँदै कार्यकम (लर्निङ बाइ अर्निङ) विद्यालय सहयोग कार्यक्रमका लागि १४० सामुदायिक विद्यालय छनोट गरेको छ ।

प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने गरी कार्यविधि तयार गरेको थियो । सोही अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो ।

प्रत्येक जिल्लाबाट कम्तीमा एक विद्यालय अनिवार्य र बढीमा पाँच वटा विद्यालय छनोट गरिएको केन्द्रले जानकारी दिएको छ । आवेदन परेका विद्यालयहरुलाई जिल्लाको मूल्यांकन समितिले छनोट गरिएको आधारमा प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालय छनोट गरिएको जोशीले जानकारी दिए ।

कार्यक्रम सञ्चालनका लागि ७० जिल्लाबाट मात्रै आवेदन परेको केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले बताए

Related posts
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read
आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *