उदयपुरको बेलका नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बिहिबार बेलका नगरपालिका वडा नम्बर ९ मा नगरको नर्बनिमित भबनमा अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको प्रक्रिया सञ्चालन गर्न सहज हुने बेलका नगरपालिकाका निर्बचन अधिकृत जनकराज पन्तले बताउनुभयो । निर्वाचन आयोगले उम्मेदवारको मनोनयनको लागि वैशाख ११ र १२ गतेको समय तोकेकोले गर्दा अब आउन केही दिन मात्र बाकी रहेकोले गर्दा आज बाटनै काम गर्ने समेत उहाले बताउनुभयो ।
निर्वाचन आयोगले ११ र १२ उम्मेदवारको मनोनयन, १३ गते उम्मेदवारमाथि उजुरी दर्ता, १४ गते निर्वाचन अधिकृतले त्यसबारेमा निर्णय दिने कार्यक्रम अधि सारेको छ । उम्मेदवारको मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन गर्ने, मतदानपछि मतगणनालगायत कार्यहरू निर्वाचन अधिकृत कार्यालयले सञ्चालन गर्नेछ ।


