NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

बेलका नगरपालिका दशौ नगरसभाको लक्ष्य कंकाली देखि मंकाली सम्म केबुलकार

1 Mins read

“सबल आर्थिक, सामाजिक र भौतिक पुर्वाधार
बेलका नगरको विकासको आधार ” भन्ने मुलनाराका साथ
बेलका नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अनुमानित ७७ करोड ७४ लाख रहेको छ । नगर सभाको १० औं अधिवेशनबाट उपप्रमुख जीरा राईले उक्त बजेट पेश गरेको हुन ।
केन्द्रिय सरकारबाट वित्तिय समानिकरण अनुदान तर्फ १४ करोड ६९ लाख, सशर्त अनुदान तर्फ ३० करोड १८ लाख, विशेष अनुदान तर्फ ५ करोड र समपुरक अनुदान तर्फ २ करोड ६० लाख गरी ५२ करोड ४७ लाखको बजेट विनियोजन भएको छ ।

प्रदेश नं. १ बाट प्राप्त वित्तिय समानिकरण तर्फ ७९ लाख ८९ हजार, सशर्त अनुदान तर्फ ६३ लाख ९४ हजार र समपुरक अनुदान तर्फ १ करोड गरी २ करोड ४३ लाख ८३ हजारको बजेट विनियोजन गरेको छ ।

संघिय सरकार राजश्व बाँडफाँडबाट १३ करोड ४५ लाख २५ हजार, प्रदेश सरकार राजश्व वाडफाँड ६५ लाख २८ हजार १५० रुपैया, रोयल्टी वाडफाँड संघबाट ६ लाख गरी राजश्व वाडफाँडमा १४ करोड १६ लाख ५३ हजार १५० रुपैयाको अनुमानित बजेट पेश गरेको छ ।

यस्तै अनुमानित आन्तरिक आय तर्फ ४ करोड रहेको छ भने ४ करोड ६६ लाख ५७ हजार ८५० घाटा बजेट पेश गरेको छ ।

व्याय तर्फ आर्थिक विकास तर्फ १ करोड ५० लाख, सामाजिक विकास तर्फ ५ करोड ५ लाख, पूर्वाधार विकास तर्फ २ करोड ५० लाख, संस्थागत विकास सेवा प्रवाह तथा सुशासन तर्फ १३ करोड, वडा वन वातावरण तथा विपद व्यवस्थापन तर्फ ९० लाख, स्तरीय योजनाहरु तर्फ ५ करोड ४० लाख, साझेदारी कार्यक्रम तथा योजनाहरु तर्फ ५ करोड ९७ लाख र चालुको दायित्व भुक्तानी ४ करोड रहेको छ ।

नीति तथा कार्यक्रममा अपेक्षित उपलब्धीका लागि स्थानीय सडक, भवन, विद्युत, सञ्चार, कृषि, शिक्षा लागयतका पूर्वाधारको दिगो विकासको रुपमा लिएको छ भने चालु आवको वर्षको बजेटले विकासको आधारशीलालाई थप मजवुत बनाउने छ र तिव्र आर्थिक सामाजिक विकास भएको हुने नीित तथा कार्यक्रममा छ ।

पाँच वर्ष भित्रमा प्रत्येक घरमा धारा जडान गरि बेलकाको क्षेत्रको तत्कालिन आवश्यकता पूरा भएका र दीर्घकालिन योजनाहरु बनाउने, स्थानीय स्रोत साधनहरुको खोजी, पर्यटन क्षेत्रको विकास मार्फत आयस्तर वृद्धि गर्ने लक्ष्य लिइएको छ ।

स्थानीय सरकारको सेवा प्रवाह सुशासनमैत्री एवम् प्रविधिमा आधारीत सेवा प्रवाह गर्ने लक्ष्य लिइएको छ ।बेलका नगरपालिका को विशेष गरि ५,६,७ ,८ वडा हरुमा विद्युत बिस्तार गरि बबला र मैनामैनी खानेपानीको पुर्णरुपले विस्तार गरि निरन्तता दिइएको छ। भने कृषि उत्पादन तथा उत्पादकत्वमा अभिवृद्धि तथा कृषि क्षेत्रमा युवाहरुको परिचालनलाई नीति तथा कार्यक्रममा अगाडी बढाइएको छ ।
बेलकालाई एक फन्को रिङरोड बनाई मैनामैनी ,बबलामा उत्पादन भएको कृषि सामग्री बजारिकरण गरिनेछ ।
बिध्यालय शिक्षाको गुणस्तरलाई प्रभाबकारी रूपमा राम्रो बनाउने छ ।
त्यसैगरी सप्तरीको कन्काली देखि उदयपुरको मन्काली सम्म केबुलकारको नंया योजना अगाडि बढाउन छलफल अगाडि बढेको बताए नगरप्रमुख अशोक कार्किले ,केबुलकारको नया अबधारण सग धार्मिक तथा सास्स्कृतिक रुपले बेलका अगाडि चिनिने जिकिर छ मेयर कार्किको । नगरप्रमुख कार्किले भने बेलका नगरपालिका सगै छिमेकी नगरपालिका ४ वटा मिलेर यो योजनालाई बृहत रूपमा अगाडि बढाउन लागिपरेको बताय ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *