ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ सेवा बिस्तार गर्ने अनुरुप बेलका नगरपालिकामा १० सैयाको अस्पतालको सिलन्यास गरिएको थियो।
देशै भरी ३९६ वटा स्थानीयमा मंसिर १५ गते ५-१५ सम्मको सैयाको अस्पतालको सिलन्यास भएको हो ।
बेलका नगरपालिकाको वार्ड न-६ किरातचोक अगाडि बनक्षेत्रमा १० सैयाको अस्पतालको एक कार्यक्रम गरि जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुबेदिको विशेष उपस्थितमा सु सप्पन्न भयो।अस्पतालबाट गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने छ । आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा ती अस्पतालले दिनेछन् । संघीय सरकारको बजेट र डिजाइनमा स्थानीय सरकारले काम गरिरहेकाले यो संघीयता कार्यान्वयनको सफल उदाहरण पनि भएको नेकपा माओवादी केन्द्रका नेता रमण भट्टराईले बतायका थिए तत्कालीन सिलन्यास कार्यक्रममा ।
१० करोड ८३ लाख ३६ हजार रुपैयामा १० सैयाको अस्पताल बन्नेछ भने यश बर्ष ८५ लाख आएको र यश अस्पताल बहुबर्षिय रूपमा निर्माण सम्पन्न हुनेछ ।यश भवन बनाउन जम्मा १६ कट्ठा जग्गा उपलब्ध भएको हो २ जना मेडिकल अधिकृत सहित १७ जना स्वास्थ कर्मचारीको दरबन्दी रहने बताय निमित्त प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गौतमले ।
केन्द्रिय सरकारको लोकप्रिय कार्यक्रम अन्तरग्त ३९६ वटा स्थानीय तहमा मात्र अस्पताल बनिरहदा अरु स्थानीय तहले बिरोध सिर्जना गरेका छ्न । पाउनु पर्ने स्थानीय तहले नपाएको आवश्यक ठाउँमा हुनुपर्ने अनावश्यक ठाउँमा निर्माण गर्न लागिएको भन्दै बिरोध भएको थियो ।
बेलका नगरपालिकामा भने अस्पताल निर्माण स्थल आजभन्दा ३ बर्ष अगाडि बेलकाको नगरकार्यपालिकाले बेलकाको एक मात्र क्याम्पस बेलका जनता क्याम्पसलाई भोगचलनको लागि स्वकृत दिसकेको हो भने २०७६/१० १९ गते तत्कालीन नगरप्रमुख दुर्गा कुमार थापाले ४ किल्ला क्षेत्र तोकेर दिएको उल्लेखित छ भने ,अचानक अस्पताल बन्ने निर्णयले शिक्षा क्षेत्रका अगुवा ब्यक्तिले बिरोध गरेका छ्न, अस्पताल बन्नु सबैभन्दा राम्रो तर क्याम्पस क्षेत्रको जग्गा बाहेक अन्य ठाउँमा बनाउनु पर्ने माग राखे। उक्त जग्गा जातिय,क्षेत्रिय संघ ,सस्थाले भोगचलन गरेपछि क्याम्पसको भाबी उन्नति प्रती सन्खा व्यक्त गरे।
ठेक्का लागेर भवन किन बनेन?
तत्कालीन समयमा भवन सिलन्यास भयर अस्पताल नब्नुमा सामुदायिक बनमा स्वीकृत बिना जग्गा अधिग्रहण गर्नु , बिना कानुनको आड्मा तत्कालीन मेयर थापाले गरेको थिए । नेपालको वन एन २०४८ अनुसार सामुदायिक बन स्थानीयलाई दिएको छ । त्यसको बिबादले गर्दा अन्धाधुन्द केही सखुवा लगायत कुकाठका हरियो रुख काटेर अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाउदा नेपाली कांग्रेसको एउटा टोलि तत्कालीन जिल्ला बन प्रमुखलाई गयर मुद्दा समेत हाल्ने अख्तियारमा उजुरी गर्ने भनेर रोकेको बजार हल्ला थियो । रुख काटेकोमा तत्कालीन बनका कर्मचारी ,सामुदायिक बनका पदाधिकारीलाई जोगाइएको थियो । उबेलामा मंसिरमा खोलाले बगायो भनेर सर्जिमन मुचुल्का बनाएको थियो ठुलो आर्थिक चलखेलमा । साना तिना बन मुद्दामा सजाय कटौती गरेर आउने बेलकाका केही ब्यक्तीहरु भन्दै थिए मेयर थापाको निर्देशनमा काचो रुख काट्न हुने हामीले घर बनाउनको लागि काठ दोस्रो ब्यक्तीबाट किन्दा हामीलाई पक्राउ गर्नु पर्ने यो कस्तो कानुन भन्दै प्रश्न गरेको पाइन्थ्यो।
तत्कालीन मेयर थापाले सक्ने जति हुने जति कार्यलय धाउदा समेत अस्पतालको कामलाइ अगाडि बढाउन सकेन्नन। हाल नेपाली कांग्रेसका सभापति समेत रहेका नगरप्रमुख अशोक कार्की थापा जस्तै विभिन्न संबंधित कार्यलय धाउदै कसरी हुन्छ अस्पताल बनाउन लागिपरेको छ्न यसै सन्द्र्भमा बन मन्त्री प्रदिप यादबलाइ एक जथ्था कांग्रेसका कार्यकता सहित भेट्न पुगेको हुन।
सगै सिलन्यास भएको छिमेकी जिल्ला बराहक्षेत्र नगरपालिकाको १० सैयाको अस्पताल गत बर्षनै सप्पन्न भयर उद्घाटन भएको हो ।
२ बर्ष भयर यहा आउँदा सम्म भवन नबन्दा ठेकेदार कम्पनीलाई म्याद थप्दै राखेको पाइन्छ । यो पनि सार्वजनिक खरिद एन बिपरित पाएइको छ ।


