सुमन सागर/बेलका नगरपालिका वडा नं ५ खयरवनि र सिखरमाडी जोड्ने गिदेरी खोलामा पक्की पुल निर्माण सम्पन्न भए सङै सन्चालनामा आएको छ।
नेपाल सरकारका परराष्ट्रमन्त्री डा नारायण खड्का प्रदेश नं १ का सडक पुर्वाधार तथा शहरी बिकास मन्त्री हिमाल कार्कीले संयुक्त रुपमा सनिवार औपचारिक कार्यक्रमका बिच पुल उद्घाटन गरेका छन।


प्रदेश सरकारको लगानिमा पुल २०७६ असोज २७ गते सम्झौता भएको हो। पुल निर्माण गर्न जिम्मा पाएको इलाइट सुर्य जे भि धरानले ९ करोड ४२ लाख २२ हजार २ सय ५२ रुपैयाँ ५९ पैसामा निर्माण सम्पन्न गरेको हो।
पुल निर्माण भए पश्चात् सिखरमाडी र खयरबनी गाउँ आवतजावत गर्न सहज भएको छ।
बर्खाको समयमा वडा कार्यालय र नगरपालिका सङ्ग दुई गाउको सम्बन्ध बिच्छेद जस्तै हुन्थ्यो । बिधालय जान बिद्यार्थी लाई असहज हुने बिरामी हुदा अस्पताल जान समेत गार्हो हुन्थ्यो पुल बनेपछि सहज भएको छ । वडा नं ५ का वडा अध्यक्ष दिपक रेग्मिले बताए।
कार्यक्रमका प्रमुख अतिथी परराष्ट्र मन्त्री डा नारायण खड्काले पुल निर्माणले स्थानीयलाई दैनिक आवतजावत गर्न सहज भएको बताए। भोजपुर जोड्ने सडक भएकाले आगामी बर्ष सुपाडे खयरबनी जोड्न थप पुल निर्माण गर्न डि पि आर सम्पन्न भएकोले बजेट ब्याबस्थापन गरि पुल निर्माण शुरु गर्ने । स्थानीयको आबस्यक्ता लाई मध्यनजर गरि सडक, सिचाई , खानेपानी , शहरि बिकासमा हालको तिनै तहको सरकार लागि परेको समेत परराष्ट्र मन्त्री खड्काले बताए।


कार्यक्रमका विशेष अतिथि १ नं प्रदेशका सडक पुर्वाधार तथा सहरी बिकास मन्त्री हिमाल कार्किले प्रदेश सरकारको लगानिमा निर्माण गरिएको पक्की मोटरेबल पुलले दुई स्थानीय तह बेलका र चौदन्डिगडी साथै भोजपुर सङ्ग सडक सन्जाल जोड्न सहयोग पुगेको बताएका छन। स्थानीय कृषकले उत्पादन गरेको तरकारी बजार लगेर बेच्न नपाउने अबस्था अन्त्य भएको छ। पुल निर्माणले स्थानीयलाई प्रत्येक्ष लाभ पुगेको मन्त्री कार्किले बताए।
कार्यक्रममा प्रदेश सभा सदस्य सन्जा दनुवार , अम्बिका थापा , बेलका नगरपालिका नगर प्रमुख अशोक कार्की वडा अध्यक्षहरु, सुरक्षा निकायका प्रमुखहरु , स्थानीय बासिको उपस्तिथि रहेको थियो।




