NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीतिसमाचार

उदयपुर १ मा बहालवाला संसद भिड्ने कस्को कति पल्लाभारि

1 Mins read

सरकारले आगामी मंसिर ४ गतेका लागि संघ तथा प्रदेशको निर्वाचन गर्ने घोषणा गरेसँगै कुन क्षेत्रमा को उम्मेद्वार बन्ने विषयको बहस सुरु भएको छ । सत्तापक्ष पाँच दलीय गठबन्धनले तालमेल गर्ने सहमति गरेका छन् भने नेकपा एमालेले पनि राप्रपा लोसपा जस्ता केही साना दलसँग तालमेल गरेर चुनावमा होमिदैछ ।

प्रदेश १ को उदयपुर जिल्लामा पनि अहिले को उम्मेदवार बन्लान भन्ने विषय निकै चर्चामा छ । २०६४ सालमा भएको पहिलो संविधानसभाको चुनावमा उदयपुर तीन वटा निर्वाचन क्षेत्र मध्य लगातार कांग्रेस नेता डा. नारायण खड्काले क्षेत्र नम्बर १ मा जित्दै आएको हुन ।
२०६४ मा डाक्टर नारायण खड्काले जित्दै गर्दा माओवादी केन्द्र दोस्रो तथा एमाले तेस्रो भएको हो दोस्रो हुने राजन किराँती( बासु) हुन भने तेस्रोमा तत्कालीन एमालेका उपाध्यक्ष तथा हाल जसपाका केन्द्रिय अध्यक्ष अशोक राई तेस्रो भएको हुन ।
२०७० सालमा भएको दोस्रो संविधानसभाको चुनावमा कांग्रेसका डाक्टर नारायण खडकाले एमालेका मणि पौडेल लाई हराउदै चुनाव जित्दा माओवादीका राजन किराँती (बासु) तेस्रो भएको हुन।
२०७४ सालमा भएको चुनावमा कांग्रेसका उम्मेद्बार डाक्टर नारायण खड्काले नेकपा उम्मेद्बार मन्जु कुमारी चौधरीलाई साढे पाचसय मतको फरकले चुनाव जितेर तेस्रो पटक ह्याटि्रक गरेको हुन । त्यसो त नारायण खड्का २०५६ को चुनावमा एमालेका सुरेस कार्की सग पराजित भएको हुन।
यो पटक नेपाली कांग्रेसका पटक पटक केन्द्रिय सदस्य तथा पुर्व सहरि बिकास मन्त्री तथा बर्तमान परराष्ट्रमन्त्री नारायण खड्का दर्हो उम्मेद्बार हुन खड्का सग नेकपा एमाले एमाले केन्द्रिय पोलिटब्यूरो सदस्य तथा पुर्व सहरि बिकास मन्त्री मन्जु चौधरी , नेकपा एमाले बर्तमान उदयपुर १(क) का माननीय तथा एमाले प्रदेश सचेतक बिमल कार्की , प्रदेश सदस्य तथा योजनाविद साना युवा स्वरोजगार कोषका कार्यकारि उपाध्यक्ष डाक्टर कल्याण रोक्काको नाम अहिले बजारमा चर्चाको बिषय बनेको हो
उदयपुर–१ मा यस पटक भने एमालेबाट बिमल कार्की उम्मेदवार बन्ने भएका छन् । कार्यकर्ता माझमा निकै लोकपि्रय तथा आफ्नो निर्वाचन क्षेत्रमा बजेट समेत प्रस्सत लियाएर बिकासप्रेमी छवि बनाएका कार्की आफ्नो निर्वाचन क्षेत्रको बारेमा सम्सदमा बेजोड आवज उठाउनेमा पर्छ्न।
५ दलिय गठबन्धनबाट नारायण खड्का पक्का हुँदा चुनाव जित्न सजिलो देखिन्छ जस्मा माओवादी केन्द्र ,नेकपा एस, जसपा लगायतको भोटले नारायण खड्काले चुनाव जित्ने देखिन्छ तर स्थानीय तहको चुनावको परिणाम र कांग्रेसभित्रको गहिरो बिबादले यो पटक नारायण खड्कालाई चुनाव जित्न हम्मे हम्मे गार्‍हो देखिन्छ ।
उदयपुर १ मा बेलका नगरपालिका ,चौदन्डीगढी नगरपालिका ,त्रियुगा नगरपालिका पर्छ्न जहाँ सङ्ग्ठित हिसाबमा कांग्रेस भन्दा एमाले दर्हो देखिन्छ । त्यसकारण पनि नारायण खड्का सग चुनावमा प्रतिस्पर्धा गर्ने नेकपा एमालेको बलियो उम्मेद्बार बिमल कार्कीको अहिले बजारमा नाम चल्न थालेको बुझिन्छ ।
उदयपुर १(क) मा माओवादीको तर्फबाठ प्रद्रेसमा दाबी देखिन्छ त्यसमा बेलका नगरपालिकाबाट माओवादीको तर्फबाठ उम्मेद्बार नभय माओवादीका ८०% ले एमालेमा भोट हाल्ने देखिन्छ ।राष्ट्रिय स्तरमा गठबन्धन भयपनी स्थानीय सरकारले माओवादीलाई पेलेर लाने रणनीतिको देखिएको हुँदा माओवादीहरु विकल्पको खोजीमा देखिन्छन।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *