NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

उदयपुरका बिमल कार्कीले प्रदेश सभामा सबैभन्दा धेरै ७७ पटक बोले

1 Mins read

प्रदेश १ को प्रदेशसभामा उदयपुरका बिमल कार्कीले सबैभन्दा धेरै ७७ पटक बोले,
प्रदेश १ प्रदेशसभामा बोल्‍दै एमालेका सांसद विमल कार्की।
प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकालमा दश वटा अधिवेशन ३१२ पटक बैठक बस्यो । प्रदेशसभाले स्थायी राजधानी विराटनगरलाई तोके पनि नाम राख्न सकेन ।

दसवटा अधिवेशनमा बसेका ३१२ वटा बैठकको शून्य समयमा सांसदहरुले ८८५ पटक बोले । विशेष समयमा ५६ पटक, दलको तर्फबाट ६५ पटक र विधेयक माथिको सैद्धान्तिक छलफलमा १ हजार ८२ पटक बोले ।

पहिलो संसदको पाँच वर्षे अवधिमा बैठकमा एमालेका सांसद विमल कार्कीले सबैभन्दा बढी ७७ पटक प्रदेशसभा बैठकमा बोलेका छन् । एमालेकै अर्का सांसद जगदिशप्रसाद कुसियतले सांसदको रुपमा बैठकमा एक पटक पनि बोलेनन् ।

प्रदेशसभा सचिवालयका अनुसार प्रदेश सभाका १० जना सांसदले पाँच पटक पनि बैठकमा बोलेका छैनन् ।

जसले धेरै पटक बोले

पहिलो संसदमा दस वटा अधिवेशनमा सबैभन्दा बढी एमाले सांसद विमल कार्कीले शून्य, विशेष र सैद्धान्तिक छलफलमा गरी ७७ पटक बैठकमा बोले । कार्कीले पहिलो अधिवेशनमा ६, दोस्रोमा १३, तेस्रोमा ९, चौथोमा १३, पाचौंमा ६ र छैटौंमा १२ पटक बोलेका छन् । आठौंमा ६, नवौंमा २ पटक बोलेका उनले दसौं अधिवेशनमा १० पटक बोलेका छन् ।

कार्की पछाडि धेरै बोल्ने सांसदको दोस्रो स्थानमा एमाले सांसद राजकुमार ओझा छन् । उनले ७१ पटक बोलका छन् । कांग्रेस सांसद सूयर्माराज राईले ६५ पटक बाल्दा माओवादी केन्द्रका सांसद मोहनकुमार खड्काले पनि ६५ पटक नै बोलेका छन् ।

जसपा सांसद जयराम यादवले ६४ पटक, कांग्रेस सांसद केदार कार्कीले ५९ पटक संसद बैठकमा बोल्दा एमाले सांसद अम्बिका थापाले ५६,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाङ्फोले ५० पटक बोलेकी छन् ।

कांग्रेस सांसद शिवनारायण गनगाईले ४९, लीला सुब्बाले ४७, प्रतापप्रकाश हाङ्गामले ४७, लोकप्रसाद संग्रौलाले ४६ र सञ्जाकुमारी दनुवारले ४४ पटक प्रदेशसभामा बोलेका छन् ।

माओवादी सांसद उमिता विश्वकर्माले ४६,कुलप्रसाद सुब्बाले ४१ पटक बोल्दा नेकपा एकिकृत समाजवादी पार्टीकी सांसद खिनुलङ्वा लिम्बूले प्रदेशसभामा ४० पटक बोलेकी छन् । पहिलो संसदमा १० वटा अधिवेशनमा बसेका ३१२ वटा बैठकमा १६ सांसदले ४० पटक भन्दाबढी बोलेका छन् । १५ जना सांसदले १० पटक पनि बोलेका छैनन् ।

कार्की उदयपुरको निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित भएको हुन !अहिले आशन्न मंसिर ४ गतेको चुनावको लागि प्रतिनिधि सभामा सिफारिस भएको छ्न । कार्यकर्ता तथा जनता माझ निकै लोकपि्रय कार्की टिकट पाउदा चुनाव जित्ने तयारीमा छ्न।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *