NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

उदयपुर प्रदेश १(क) का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्बार राजन किराती ‘वासु’ को हुन ?

1 Mins read

उदयपुर प्रदेश १(क) का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्बार राजन किराती ‘वासु’ को हुन ?
बुवा मानबहादुर र आमा कुलमाया राईको कोखबाट २०३२ सालमा खोटाङको जन्तेढुंगा गाउँपालिका– ३ काहुलेमा जन्म भइ हाल ३५ वर्षदेखि उदयपुरको चौदण्डीगढी– ७ बेल्टारमा स्थानीयरुपमा बसोबास गर्दै आएका एक कुशल, सरल, स्वच्छ छवि भएका नेता हुन राजन किराती ‘वासु’ ।

२०४६ सालबाट नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विध्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेक किराती अहिले लोकतान्त्रिक– वाम गठबन्धनबाट उदयपुर निर्वाचन क्षेत्र १ (१) का साझा उम्मेदवार भएका छन् ।

उनी ०५६ सालको आम निर्वाचनमा डाक्टर नारायण खडकाको चुनावी अभियानमा होमिएका थिए । तर दुर्भाग्यवस सो निर्वाचनमा डा. खडका पराजय भए ।

०५६ सालको जेठमा उदयपुरगढी स्थित भएको नेविसंघको चुनावमा निर्वाचन नै नगरी एक समूहले आफ्नो प्यानलसहितको नाम टासेर गएपछि वितृष्णा पैदा भयो अनि त्यही सालबाट उनले नेपाली काङ्ग्रेस छाड्न बाध्य भएको उनी बताउँछन् ।

त्यसपछि उनीमा अग्रगामी सोच आउन थाल्यो । त्यो उनको सोच अनुसार ०५२ फागुन १ गतेदेखि तत्कालीन माओवादीले सुरु गरेको जन युद्मा जाने निर्णय गरे । उनको त्यो अग्रगामी सोचलाई सार्थक बनाउन उनी ०५७ बाट पुरै माओवादीको जनयुद्धमा होमिए ।

दस वर्षे जनयुद्धकालमा विभिन्न मोर्चाहरुको कमाण्ड गर्दै कयौ कठिन परिस्थितिहरुको सामना गर्दै ०६३ मंसिर ५ को शान्ति सम्झौता पश्चात आफ्नो दैनिकी जीवनलाई सामाजिक र राजनीतिक क्षेत्रमा पुरै समर्पित गरे ।

मुलुकको शाहीकालीन राज्य व्यवस्थाको विरुद्धमा भएको ०६२÷०६३ को १९ दिने जन आन्दोलनको उपलब्धि स्वरुप राजा ज्ञानेन्द्र शाहको बहिर्गमन पनि भयो ।

राजाको बहिर्गमण पछि नयाँ संविधान निर्माण गर्ने नयाँ जनादेश अनुसार ०६४ मा नयाँ संविधानसभाको निर्वाचन घोषणा भयो । सो निर्वाचनमा उदयपुर क्षेत्र नं. बाट संविधानसभा सदस्यको उम्मेदवार पार्टीले बनाए ।

उनको प्रतिस्पर्धी काङ्ग्रेसका डा. नारायण खडकासँग पराजय भए ।  पुनः ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि काङ्ग्रेसकै डा. खड्कासँग पराजय भए ।

यसरी पटकपटक पराजय भइ रहे पनि जनताको काम गर्न भने पछि हटेका छैनन । सायद हुन सक्छ यसैको फलस्वरूप पार्टीले यस पटकको आम निर्वाचनमा पनि उदयपुर क्षेत्र नं. १ (१) को प्रदेशसभा सदस्यको लागि उम्मेदवार बनाएको छ ।

रोचक कुरा त के छ भने ०६४ र ७० मा एउटै क्षेत्रबाट चुनाव लडेका खड्का र किराती संघ र प्रदेशमा मिलेर चुनावमाहोमिएका छन् ।
यतिबेला दुवै नेता लोकतान्त्रिक– वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा चुनावी महासंग्राममा होमिएका छन् ।

निर्वाचनमा पराजय भोग्दै आए पनि जनताको काम गर्न भने आफ्नो क्षमता, हैसियतले भ्याउने कामहरु निरन्तर गर्दै आएका छन् ।

सबैमा लोकप्रिय नेताको रुपमा परिचित उनी अहिले जनताको घरर्दैलोमा भोट माग्दै हिडेका छन भने जनताको आधारभूत आवश्यकताहरु पनि सुन्दै, संकलन गर्दै चुनावी मैदानमा उत्रेका छन् ।

पटक पटक पराजित भयरपनी जनताको कामको लागि सधै लागिपरेका किराँती प्रदेश न १ को मन्त्री बन्ने सम्भावना धेरै बलियो हुँदै गएको देखिन्छ ।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *