सुमन सागर बेलका/ बंगलादेशमा सम्पन्न अन्डर -15 उमेर समुहको महिला साफ फूटबलमा बिजेता बनेका बेलका नगरपालिका स्थाई घर भएका दुई जना र झापा अर्जुनधार नगरपालिका घर भएकी १ जना खेलाडिलाई बेलका नगरपालिकाले सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा बेलका नगरपालिका नगरप्रमुख अशोक कार्कीले बेलका नगरपालिका स्थाई घर हुने समीक्षा मगर र दिपा मगरलाई जनही २५ हजारका दरले चेक हस्तान्तरण गरेका छन भने झापा घर हुने रेणु लिम्बुलाई ५ हजार नगदले सम्मान गरेका छन ।
खेलाडिलाई काठमाडौ बाट बिराटनगर सम्म नगरकै खर्चमा विमान मार्फत ल्याइएको र बेलका ८ कोशी पुल बाट स्थानीयको उपस्तिथिमा फुलमालाले सम्मान गरि नगर परिक्रमा गरिएको थियो।


खेल र खेलाडिको दिगो ब्याबस्थापनमा बेलका नगर सरकार सधै सकारात्मक रहेको र आगामी दिनमा हरेक बिधाका खेल र खेलाडिको संरक्षण गर्दै खेल क्षेत्रलाई अग्रणी रुपमा बिकास गर्ने समेत नगर प्रमुख कार्किले बताए।
“खेलले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, स्वास्थ्य राम्रो हुने र अनुसाशित सब्य समाज निर्माणमा योगदान समेत पुर्याउने र्गछ ।” मेयर कार्कीले भने, “यसैले हौसला र प्रोत्साहन स्वरुप सम्मान कार्यक्रम राखिएको हो । राष्ट्रिय खेलमा बेलका नगरपालिकाका खेलाडीले खेलेर जित हासिल गर्नु भएको छ । उहाँहरु नगरकै गहना हुनुहुन्छ।”
नगरपरिक्रमा गरि नगरपालिकाको भवनमा एक कार्यक्रम गरि भब्य स्वगत तथा सम्मान गरिएको हो। नगरपालिकामा भएको कार्यक्रममा नगरप्रमुख अशोक कार्की ,नेकपा माओवादी केन्द्रका नगरसचिब भरत घिमिरेले आफ्नो धन्यवाद व्यक्त गरेको हुन । कार्यक्रम मै जलकन्या सास्कृतिक समुहले समेत सम्मान गरेको हो।
सम्मान कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष पर्वत दाहाल नगर खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई ,खेलप्रेमी देबिन मगर, राज बान्तवा ,नरेस खड्का गान्धिब राई लगायत स्थानिय बासिको उपस्तिथि रहेको थियो।


