NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

रेशम चौधरीलाई तत्काल रिहाईको माग गर्दै उदयपुरमा आन्दोलन

1 Mins read

रेशम चौधरीलाई तत्काल रिहाई गर्नु पर्ने माग सहित उदयपुरमा पनी आन्दोलन सुरु गरिएको छ ।
बुधबार गाईघाट सदरमुकाममा थारु कल्याणकारणी सभा उदयपुरको नेतृत्वमा जिल्लाको थारु संघ सस्थाले र्याली सहितको सांकेतिक आन्दोलन सुरु गरेको हो ।

थारु कल्याणकारणी नगर सभा, नागरिक उन्मुक्ति पार्टी र मलिथम थारु सेवा समाज उदयपुरले संयुक्त आन्दोनमा एक्यबद्धता जनाएको छ । उनिहरुले यो आन्दोलन सांकेतिक रुपमा मात्र सुरु गरिएको जनाएको छ ।सरकारले लियाएको अध्यायदेश राष्ट्रपतीले तुरुन्त प्रमाणिकरण गर्नु पर्ने निर्दोष रेशम चौधरीलाई तत्काल रिहाई गर्नु पर्ने ,लाल आयोग प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनिहरुको माग छ ।

नागरिक उन्मुक्ति पार्टी जिल्ला कार्यसमिति उदयपुरका अध्यक्ष बद्री चौधरीले सरकार सम्म सन्देश पुगोस भन्ने उदेश्यले उदयपुरमा आन्दोलन सुरु गरिएको जनाए । रेशम चौधरी रिहाईको अध्यादेशबाट सरकार पछि हटेको भन्दै अध्यादेश ल्याउन सरकारले हरकदम पहल चालिराख्न अनुरोध गरे ।

टिकापुर घटना कुनै एक व्यक्तिगत स्वार्थ नभई आम जनताहरुको रक्षात्मक आन्दोलन रहेको हुँदा यसलाई सरकारले आममाफी दिनु पर्ने उनिहरुको माग छ ।

यस्तै थारु कल्याणकारीणी सभा उदयपुरका सभापती शिवकान्त चौधरीले रेशम चौधरीलाई दलहरुले चुनावमा भरपुर प्रयोग मात्र गरेको आरोप लगाए । समितिका नगर अध्यक्ष सिवाकान्त चौधरीले चुनावको बेलामा रेशम चौधरी निर्दोष रहेको भन्दै हिड्ने दलहरु अहिले फेरी दोषी देखाउँदै हिडको जनाए ।

सरकार निर्माण र चुनावको वेला आवश्यकताको आधारमा मात्रै रेशम चौधरीलाई पार्टीहरुले प्रयोग गर्यो चौधरीले भन्यो, गाईघाटमा सांकेतिक आन्दोलनको कोणसभामा बक्ताहरुले सरकारले ल्याउन लागेको अध्यदेशको विरुद्धमा बोल्नेहरुनै चुनाव अघि आमसभाहरुमा रेशम चौधरी निर्दोष रहेका जनाएका थिए । उनिहरुले राजनितिक दलका व्यक्तीहरुनै स्वार्थका लागि झुटको खेती गर्दै हिडेको आरोप लगाए ।
माग पुरा नभए थप संघर्षको आन्दोलन अघि सार्ने आन्दोलनरत संघ सस्थाहरुले चेतनावनी समेत दिएको छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *