बेलकामा लघुबित्त वित्तिय सस्थाको मनोमानी कारोबार स्थानीय द्वारा बृहत आन्दोलन
उदयपुरको बेलका नगरपालिकामा सञ्चालित लघुवित्त वित्तीय संस्थाहरुको खारेजीको माग गर्दै स्थानीयले जनताले आन्दोलन गरेका छन् ।
उनीहरुले विभिन्न प्लेकार्ड बोकेर नारा जुलुससहित नगरपालिका पुगेर ज्ञापन पत्र बुझाउँदै लघुवित्त वित्तीय संस्थाहरुको खारेजीको माग गरेको हुन ।
प्रदर्शनमा सहभागीहरुले गलत ढंगबाट बचत गराउने गरेको र आफ्नै पैसा पुनः आफूहरुलाई नै चर्को रुपमा लगानी लगाएर ब्याज लिने गरेको आरोप लगाएका छन् ।
उनीहरुले आफूहरुलाई कर्जा चुक्त गर्न नसके मर्न वा शरीर बेचेरै भएपनि कर्जा तिर्न धम्की दिने गरेकोले बाध्य भएर आन्दोलन गर्नु परेको बताएका छन् ।
बेलका नगरपालिकाको विभिन्न वडाका साथै श्रीलंका टप्पु बासी महिला पुरुषले संयुक्त रुपमा संघर्ष समिति निर्माण गरी आन्दोलन सुरु गरेका छन् ।
बेलका नगरपालिकामा संचालित लघुबित्तहरुले ब्याज समेत मनोमानी ढंगले उठाएको , भनेको बेला बचत फिर्ता नदिएको भन्दै आन्दोलन गरेको हुन ।
आन्दोलनमा सहभागी एक महिलाले भनिन यो आन्दोलन कास्टिङ हो अब गाउँ गाउँ बाट महिला उठाएर बेलकामा भएको सबै लघुबित्त सस्था हटाउने बताइन ।


