उदयपुरको बेलका नगरपालिकामा रामपुर बजार लाई चिनाउनको लागि मुल सडकमा रामको सालिक निर्माणको लागि एक महिने मिनि मेला संचालन ।
मंसिर २१ देखि पुष २० गतेसम्म हुने रमाइलो मिनि मेलमा विभिन्न किसिमका खेल सामग्री राखिएको हो।
रोटेपिङ ,सर्कस ,चिप्लेटी,नाउ झुला, रेल झुला लगायत केटाकेटीको खेल सामग्री सहित हरेक रात राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति राखिएको हो।
राष्ट्रियकलाकार हरुमा एलिना चौहान ,काउली बुढी ,फुलन्देकी आमाको प्रस्तुति प्रस्तुत भैसकेको छ भने २८ गते ज्योती मगर र पुष २० गतेसम्म प्रमोद खरेल ,शिव परियार, मेलिना राई ,प्रकाश सपूत,प्रीती आले,राजेस पाएल राई लगायत अन्य धेरै कलाकारको उपस्थितिमा रमाइलो मिनि मेलामा रमाइलो हुने बताइएको छ आयोजक कमिटीका अध्यक्ष रामायण राईले ।
बेलका नगरपालिका रामपुर बजारलाई बेग्लै चिनारी स्थापित गर्न पौराणिक किम्बदन्ती अनुसार भगवान श्री राम बसोबास गरेको ठाउँ रामपुरलाई एतिहासिल रूपमा चिनाउन र मेला बाट उठेको ३००००० तीन लाख रुपैयाँले पुरानो ठाना छेउमा राम भगवानको सालिक बनाउने बताय आयोजक कमिटीका सचिव भरत घिमिरेले ।
मेला संचालन बाट आर्थिक मन्दी भएको बजार व्यबसाय पनि अगाडि बढ्ने भएको हुँदा साना उद्योगि व्यबसायीको आर्थिक उपार्जनको लागि पनि मेला आयोजना गरिएको बताय आयोजक कमिटीका हिराजङ राईले ।
मेलामा रामपुर परेली ,जागरुक युवा मञ्चले सह-आयोजकको भुमिकामा मेला लाई सफल बनाउन सहयोग गर्दै आएको बताय रामपुर परेलिको एड्मिन उमेस बस्नेतले ।


