NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

स्वबियुको आवश्यकता र शैक्षिक मुद्दा – उमेस सेन्चुरी

1 Mins read

वि.स २०१८ मा विद्यार्थी हक ,अधिकारको रक्षा,शैक्षिक संस्थाहरूमा शैक्षिक वातावरण निर्माण गर्ने र देशलाई आवश्यक पर्ने भावि नेतृत्व उत्पादन गर्ने लक्ष्यको साथ स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) स्थापना भएको हो! राणा र पञ्चायती शासन विरूद्धको आन्दोलन सफलताको जगमा टेकेर स्थापना भएको हो! गौरवशालि इतिहास बोकेको स्ववियु पछिल्लो समय निक्रिय हुदा आज विद्यार्थीका मुद्दा बोक्ने निर्वाचित संस्था सक्रिय नहुदा विद्यार्थीका समस्याहरू समधान हुन सकिरहेका छैनन्!

हरेक दुई बर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०७३ बाट हुन सकिरहेको छैन! २०७३ मा पनि जम्मा २० प्रतिशत क्याम्पसहरूमा मात्र स्ववियु निर्वाचन भयो! पुर्व/तराईका जिल्लाहरूमा त शून्य सरह नै भयो। अधिकांश क्याम्पसमा २०६५ देखि चुनाव हुन सकिरहेको छैन । विभिन्न विद्यार्थी संगठन भित्रको आपसी किचलो र देशमा घट्ने राजनीतिक घटना क्रम मुख्य विषय हो स्ववियु नहुनु। विद्यार्थीको हक,हित र अधिकारको पक्षमा काम गर्ने निर्वाचित संस्था रिक्त अवस्थामा रहनु दुखद छ!

अग्रगमनको पहरेदार स्ववियु राष्ट्रियता, जनजिविका र राजनीतिक नेतृत्व जन्माउने कारखाना बन्द हुनु दुखद कुरा हो । स्ववियु निर्वाचन नहुदा युवा विद्यार्थी पुस्तामा राजनीतिक बहस कम भएको पाइन्छ।राजनीति प्रति युवाहरूको वितृष्णा बढ्दो छ। यस्तो भइरहने हो भने यसले लोकतान्त्रिक मुल्य कमजोर बनाउदै लग्ने छ।सक्षम र योग्य व्यक्ति जन्माउने मञ्च कमजोर हुदा भोलि देश पनि कमजोर हुदै जाने अवस्था सिर्जना हुन्छ ।स्ववियु नहुदा विद्यार्थी आन्दोलन कमजोर र बैचारिक धरातल कमजोर बन्ने छ।नेपाली जनताको जनजिविकाका ज्वलन्त मुद्दाहरूमा विद्यार्थी आन्दोलन फेरि नयाँ ढंगबाट जुर्मुराउनका लागि स्ववियु अपरिहार्य छ।
स्ववियु लाखौं लाख विद्यार्थीहरूको साझा र जेठो संस्था हो। नेपालको राजनीतिक परिवर्तनहरू २००७, २०४६ राजतन्त्र अन्त्य गर्न सफल १० बर्षे जनयुद्ध तथा २०६२/०६३को आन्दोलनमा युवा विद्यार्थीको महत्त्वपूर्ण योगदान छ। नेपालको विशेष परिस्थितिमा विद्यार्थी आन्दोलनको विशिष्ट भुमिका रहदै आएको छ। हुदा खाने र हुने खानेले लिने शिक्षाको खाडल बढ्दै गएको अवस्थामा यसलाई पुर्न र वर्गीय हिसाबले दुई खालको जनशक्ति उत्पादन भइरहेको अवस्थामा यसलाई रोक्न र व्यवहारिक शिक्षा पद्धति ल्याउन स्ववियु निर्वाचन हुनुपर्छ । रेमिट्यान्सको भरमा चलिरहेको दुखद अवस्थालाई सुधार गर्नुपर्छ!

स्ववियु र विद्यार्थी संगठन माथि अनेकौं प्रश्नहरू तेर्सिएका छन्।यी यावत प्रश्नहरूको जवाफ दिने गरि निति र विधि तयार गरेर स्ववियु निर्वाचन तत्काल गर्नुपर्ने हुन्छ ! विश्वविद्यालयको कोर्ष निर्माण देखि देशलाई आवश्यक जनशक्ति निर्माणमा स्ववियुले भुमिका खेल्नु पर्ने आवश्यक छ।यसको लागि स्ववियु निर्वाचन अपरिहार्य छ।

उमेश सेन्चुरी
अखिल(क्रान्तिकारी) मोरङ जिल्ला कमिटी
संयोजक

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *