NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATURE

निजि बोर्डिङ छोड्दै वरपिपल माबीमा भर्ना हुने विद्यार्थी दिनप्रतिदिन बढदै

1 Mins read

उदयपुरको बेलका नगरपालिकामा रहेको श्री वरपिपल माबी ०-१२ मा यहि शैक्षिक सत्र देखि भर्ना अभियान संचालन गरेको छ । एक हप्ता अभियानमा बेलका नगरपालिकाको विभिन्न ठाउँमा स्थलगत रूपमा अभिभावकको घर घरमा पुगेर अभियान संचालन गरिएको हो । बेलका नगरपालिकाको केन्द्रमा रहेको बिद्यालयमा यहि शैक्षिक सत्रदेखि १-३ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएको हो ।
बिद्यालयमा विद्यार्थीलाई सम्पुर्ण रूपमा सिक्षित बनाउन व्यवस्थापन समिति ,बिद्यालय परिबार लागेको हो।
अहिले चर्चित कार्यक्रम पढ्दै कमाउदै कार्यक्रमलाई उत्पादन सग जोडेर विद्यार्थीलाई आय आर्जन के कसरी गर्न सकिन्छ भनी बिद्यालयले सिकाइरहेको छ ।त्यसैगरि सुविधाजनक पुस्तकालय ,कम्प्युटर ,,खेलकुद मैदान तथा १-६ सम्म खाजाको व्यवस्था समेत गरिएको हो।
पछिल्लो समय निजि बोर्डिङ स्कुलले ५ गुणा फी बढाएको हुँदा अभिभावकको रोजाइ अहिले वरपिपल स्कुल परेको हो।
सम्पुर्ण रूपमा साधन श्रोतले भरिपुर्ण बिद्यालय बेलका नगरपालिकाकै नमुना रूपमा अगाडि बढिरहेको हो।
बिद्यालयमा अध्यापन गराउनु हुने शिक्षकमा धेरैको संख्यामा डिग्री (स्नातकोत्तर ) गरेको भएको हुँदा पढाइ राम्रो हुने गरेको छ। भर्खरै बिद्यालय व्यवस्थापन समिति र शिक्षकहरु समेत बसेर आफ्मा बालबालिकालाई सामुदायिक बिद्यालयमा अध्यापन गराउने निर्णयले वरपिपल माबिमा विद्यार्थी भर्ना हुन ह्वात्तै बढेको छ
शिक्षालाई विकासको संंवहक बनाउने दृष्टिकोणले आधारभूत शिक्षामा सबैको पहुँच सनिश्चितताको लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको हो
पछिल्लो समय वरपिपल माबिले अन्य बिद्यालय भन्दा धेरै राम्रो शैक्षिक गुणस्तरलाई अगाडि बढाउनको लागि धेरै राम्रो कार्यक्रम लियाएको बताय व्यवस्थापन समितिका अध्यक्ष भरत घिमिरेले ।

Related posts
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read
आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *