NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

मोरङ् मिक्लाजुङ घटना प्रती अखिल(क्रान्तिकारी) ध्यानाकर्षण भएको छ – उमेश सेन्चुरी

1 Mins read

हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) शिक्षा स्थापना कालदेखि नै राष्ट्रियता,जनजिविका र विद्यार्थीक‍‍‍‍‍ हक हितक‍‍ो निम्ति र शिक्षा क्षेत्रको विकृति विसंगति विरूद्ध सधैं अग्रपंक्तिमा आवाज उठाउदै आएको सर्वविविधै छ। जिल्ला मोरङ मिक्लाजुङ गा.पा ३ स्थित श्री कालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी श्रेया श्रेष्ठलाई विद्यालय भित्रका र विद्यालय बाहिरक‍ो समुहले निर्घात कुटपिट गरि अचेत अवस्थामा छाडेको घटनाले अखिल(क्रान्तिकारी)मोरङ जिल्ला कमिटीको ध्यानाकर्षण भएको छ।।
शिक्षा क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा यस्ता अराजक घटना घटिनुले हाम्रो समाज कुन रूपले अघि बढिरहेको छ भन्ने गम्भीर प्रश्न उठाउछ।विद्यालय भित्र यस्ता घटना घट्दा सम्म विद्यालय प्रशासन/व्यवस्थापन समितिले के मौन बस्नु खेदजनक छ।विद्यालय प्रशासन, व्यवस्थापन समिति पुलिस प्रशासन मौन हुनु ले हाम्रो संगठन उक्त घटना शंकास्पद भएको मिलेमतोमा दोषी उम्काउन खोजेको पुष्टि हुन्छ। अभिभावकक‍ो दायित्व के र कति सम्म रहने भन्ने विषयमा जनस्तरबाट चासोको विषय बनेको छ।विद्यालय समयमा घटेको घटना विद्यालय प्रशासन/शिक्षकहरूले समेत थाहा नपाउने,घटना घटेको ३दिन पश्चात् सामाजिक सञ्जालबाट मात्र जानकारी भएको देखिन्छ।यस्तो लापरबाही क्रियाकलाप खेदजनक छ।नैतिक शिक्षा सिकाउने दायित्व र जिम्मेवार भएको संस्थाबाट नै भएको यस्तो निन्दनीय कार्यको हाम्रो संगठन घोर भत्सर्ना गर्दछ।

यस्ता किसिमका घटनाले विद्यालयलाइ कसरी शान्ति क्षेत्र भन्न सकिन्छ?यस्ता किसिमका घटनाले अन्य विद्यार्थी वर्गमा सुरक्षाको महसुस कसरी गराउने?अभिभावक कसरी ढुक्कसँग बस्ने भन्ने अनेकौं प्रश्न चिन्ह खडा गर्छ।विद्यार्थी प्रशासन/व्यवस्थापन समिति र शिक्षकहरूको लापरबाहीले आज सामुदायिक विद्यालयको गुणस्तरीय खस्किएको हाम्रो ठम्याइ छ।

आगामी दिनमा घटना नदोहोर्‍याउन यस्ता अनैतिक क्रियाकलापमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएका सम्पूर्णलाई कानुनी कार्वाहीको माग गर्दछौं।आगामी दिनमा यस्ता अनैतिक क्रियाकलाप नदोहोरीनका लागि शिक्षा समन्वय समितिले कडाभन्दा कडा कदम चाल्नका लागि अनुरोध गर्दछौं। साथै द‍ोसीलाई सक्त कानुनी कार्वाहीक‍ो माग गर्दै घटनालाई कसैको प्रलोभन तथा राजनीतिक दवाव विना सत्यतथ्य रूपमा सार्वजनिक गर्न प्रहरी प्रशासनलाई अनुरोध गर्दछौं। साथै केही निर्दोष विद्यार्थीहरूलाई पनि हिरासतमा लिएको भन्ने छ उक्त विद्यार्थीहरूलाई तत्काल रिहाइ गरि विद्यालयको वातावरणमा घुलमिल गराइदिन माग गर्दछौं।

क्रान्तिकारी अभिवादन सहित!
उमेश सेन्चुरी
संयोजक

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *