NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

उदयपुरमा साइवर सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न

1 Mins read

,
बिज्ञान पराजुली …
पछिल्लो समय साइवर अपराधका घटना बढ्दै गएको र त्यस्लाइ न्यूनीकरण गर्न जरुरी रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छ्न।नेपाल सामाजिक बिकास तथा जनसशक्तीकरण केन्द्र(नेस्पेक) उदयपुरको आयोजना र त्रियुगा नगरपालिका वडा न २ को सहयोगमा आज भएको उक्त कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन। कार्यक्रममा जिल्लामा प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक एस पि ग्यानेन्द्र फुयालले हिजो आज इन्टरनेटको लत भयंकर बस्ने गरेको र त्यस्लाइ सहि सदुपयोग गर्न नसक्दा साइवर अपराधको घटना बढ्ने गरेको बताए। एस पि फुयालले सामाजिक संजालको दुरुपयोग गरि , विभिन्न प्रलोभनमा पार्ने गिरोह नि सक्रिय रहेकोले कोहि कसैले चिठ्ठा , उपहार परो भनी कसैले ब्यक्तिगत बिवरण मागे त्यस्ता कुराको बिश्वास नगर्न आग्रह गरे ।त्यस्तै वडा २ का अध्यक्ष घमानसिङ खत्री (धुर्ब)ले त्रिनपाको २ नम्बर वडा लागू पदार्थ ओसारपसारको ट्रान्जिन्ट पोइन्ट जस्तो भएकोले शान्ती सुरक्षामा चुनौती रहेको भन्दै आफ्नो वडामा सुरक्षा प्रबन्धका लागि विशेष पहल गरिदिनु हुन आग्रह गरे । साइवर अपराधमा सन्चारको उत्तिकै भुमिका हुने भन्दै पत्रकार महासङ्ग उदयपुरका अध्यक्ष भरत खड्काले , सामाजिक सन्जाललाई राम्ररी बुझ्न नसके त्यस्ले ठूलो समस्या आइपर्ने बताए अध्यक्ष खडकाले कोहि कसैले पनि हतारमा कोहि कसैप्रती टिप्पणी नगर्न आग्रह गरे। जनचेतनाको अझै कमि रहेको भन्दै उहाँले एस्ता कार्यक्रम विशेषगरि किसोर किशोरी लक्षित गरि बिद्यालय ,गाउ टोल समुदायमा सन्चालन गर्दा अझ प्रभाकारी हुने धारणा राखे। २०५३ सालदेखी सामाजिक सेवामा कार्य गर्दै आएको नेस्पेक उदयपुरले बाल हेल्पलाइन १०९८ निसुल्क रुपमा संचालन गरेको सस्थाका अध्यक्ष एबम त्रिनपा २ का वडा सदस्य अर्जुन पोखरेलले जानकारी दिय ।वडा २ को सभाहलमा भएको कार्यक्रममा टोल बिकास सस्थाका प्रतिनिधि, स्थानीय बुद्दिजिवी पत्रकार , सुरक्षाकर्मी बिध्यार्थी लगाएत १०० जनाको उपस्थिती रहेको थियो। आज सम्पन्न सो कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख लोक बहादुर दियालीले ट्राफिक नियम, दुर्घटना न्यूनीकरण , सडक र सवारी बारे विशेष भिडियो रिपोर्ट प्रस्तुत गर्नु भएकोहो ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *