NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

बेलकामा मेयर कप फुटबल सुरु, उद्घाटन खेलमा बुद्ध एकता क्लबको जित

1 Mins read

बेलका युवा तथा खेलकुद बिकास समितिको मुख्य आयोजना तथा बुद्ध एकता क्लबको सह आयोजना र बेलका नगरपालिकाको सहयोगमा बुद्ध चोक खेल मैदानमा बेलका नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ। बेलका नगरपालिकाको नगरप्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरि उद्घाटन(सुरु) भएको हो।

उद्घाटन कार्यक्रममामा बिशेष अतिथि जिल्ला खेलकुद बिकास समिति अध्यक्ष पर्वत दाहाल, बेलका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, वडा अध्यक्षहरु, राजनीतिक दल, सुरक्षाकर्मी, विविध खेलकुद समितिका प्रतिनिधि, पत्रकार, शिक्षक, खेलाडी, खेलप्रेमी लगायत अन्य अतिथि र दर्शकहरुको उपस्थिति रहेको थियो।

उद्घाटन खेलमा बुद्ध एकता क्लब र बेलका ५ युवा तथा खेलकुद बिकास समिति टिम बीच खेल भएको हो। जसमा बुद्ध एकता क्लबले ३ – ० गोलको अन्तरले जित सुरु गरेको छ।

जेठ ३ गते सम्म हुने यस खेलमा बेलका नगरपालिका भित्रका जम्मा १२ टिम सहभागी रहेको छ। बिजेता टिमले नगद रु.४१,०००/- (अक्षरेपी एक्चालिस हजार) शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ भने उप बिजेता टिमले नगद रु.२१,०००/- (अक्षरेपी एक्काईस हजार), शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ। प्रत्येक खेलमा म्यान अफ दि म्याच (१५ जनालाई) रु. १००० को दरले, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, हाई स्कोर, उत्कृष्ट फरर्वाड लाई रु. १५०० को दरले ५ जनालाई र अनुशासित टिमलाई नगद रु. ५०००/- प्रदान गरिने बेलका युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई ले बताए।

नगर खेलकुद बिकास समिति अध्यक्ष गोपिलाल राई को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिब दिपेन्द्र रानाले कार्यक्रम संचालन गरेको हुन भने स्वागत मन्तव्य उपाध्यक्ष अर्जुन राइले गरेको हुन।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *