NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

महेन्द्रगेट-बसपार्क सडक विवाद: ‘मेयर कार्कीले आफ्नो घर जोगाउनका लागि मनपरी गर्न थालेपछि…’

1 Mins read

सुबिन विश्वकर्मा (बराहक्षेत्र)
‘मेयर रमेश कार्की आफैले ६३ फिटमा (महेन्द्र गेटमा) घर बनाउनुभएको छ, जुन घर नालाको मुखमै पर्छ, मेयरले आफ्नो ठाउँमा चाहिँ ६३ फिटमा घर बनाउने अनि अरुतिर चाहिँ नाला टु नाला भन्दै ८१/८५ फिट बढाउदै असमान सडक बिस्तार गरिरहनुभएको छ, हामी त्यसको विरुद्धमा छौं ।’ यो भनाइ माधव बरालको हो । उनी रेल्वे संघर्ष समितिका अध्यक्ष हुन् । बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले सहरी सडक बनाउने भन्दै बराहक्षेत्र ६ स्थित महेन्द्र गेटदेखि बसपार्कसम्मको सडक बिस्तार गर्न लागेपछि अहिले यस् विषयले विवाद उत्पन्न गरेको छ ।

स्थानीय पीडित भनिएका पक्षसँग छलफल नै नगरी सडक बिस्तार गर्न लागिएको सम्बन्धित पक्षले आरोप लगाउदै आइरहेका छन् । उनीहरूले नगरपालिकाको निर्णयको चर्को विरोध गर्दै नगरपालिकाको ध्यानाकर्षण पनि गराइरहेको स्थानीय नवीन गौतम बताउँछन् । पालिकाले दाबी गरेजस्तो उक्त सडकखण्ड आधिकारिक रूपमा नाला नै नभएको उनको बुझाइ छ । ‘महेन्द्रगेटमा जहाँ प्रत्येक गाडीहरू टर्न मार्नुपर्छ, त्यहाँ चाहिँ ६५ फिट कायम गरिनुपर्ने त्यसपछि बिचबिचमा कहि ७०, कहि ७५, कहि ८०, कहि ८१, कहि ८५ फिट गर्दै आधा बाटो (मुनालचोक) सम्म ल्याउने र आधाबाटोदेखी उता (बसपार्कसम्म) ६५ फिट नै कायम गर्नुपर्ने कुनखाले नीति हो ?’ उनले प्रश्न गरें ।

निलम खनाल मेयर हुँदाताका बिचसडकबाट पुर्व र पश्चिम ३०/३० फिट सडक बिस्तार कायम गर्ने निर्णय भएको थियो । जसको आधारमा पश्चिममा ३० फिटको नाला (ड्रेन) बनिसकेको छ । नेपाली कांग्रेस बराहक्षेत्र ६ का सभापति लालबहादुर रोक्का भन्छन्, ‘सबैलाई न्याय हुने किसिमले नगरपालिकाले निर्णय गर्नुपर्छ, अहिले गरिएको निर्णय अन्यायपूर्ण छ ।’ निलम खनालको पालामा ६० फिटको बाटो कायम गर्नुपर्ने निर्णय भएको भएपनि त्यसमा ५ फिट थपेर ६५ फिट कायम गरेर सडक बिस्तार गर्नुपर्ने उनको सुझाव छ ।

एकातर्फ मेयर रमेश कार्कीले ड्रेन टु ड्रेन सडक बिस्तार गर्ने भनिरहेका छन् भने अर्कातर्फ पीडित भनिएकाहरूले समान मापदण्डको सर्वमान्य सिद्धान्तअनुरुप सडक बिस्तार गरिनुपर्ने बताइरहेका छन् । झट्ट हेर्दा दुबै पक्षको मान्यता अर्थपूर्ण रहेको देखिन्छ । यद्यपि समस्या कहाँनेर आएको हो भन्ने प्रश्नमा सम्बन्धित वडाका अध्यक्ष उद्द्वप्रसाद पोखरेल भन्छन्, ‘महेन्द्रगेटदेखि मुनालचोक (केदार नेपालको घर) सम्म १५ प्रतिशतजति व्यक्तिले सडक अतिक्रमण गरेकै छन् तर सबैले गरेका छैनन् ।’ कार्यपालिका बैठकमा मैले ६५/६६ फिट समान रूपमा बिस्तार गरौं भन्ने प्रस्ताव राखेको थिएँ तर ड्रेन टु ड्रेन गर्नुपर्छ भन्ने निर्णय पारित भइसकेको छ, उनले भनें । नगरपालिका कार्यापालिकाबाट ड्रेन टु ड्रेन बिस्तार गर्ने निर्णय बहुमतले पारित गरिसकेको हुँदा आफूले फरक मत राख्नुको औचित्य नभएको अध्यक्ष पोखरेलको प्रष्टोउक्ती छ । उनी थप्छन्, कुनै न कुनै रूपमा ती पीडित भनिएकाहरूलाई नगरपालिकाले सम्बोधन चाहिँ गर्नुपर्छ ।

स्थानीय केदार नेपालले बताएअनुसार सडक बिस्तार गर्दैगर्दा सबैतिर एकरुपता हुनुपर्ने उनीहरूको माग रहेको छ । उनी भन्छन्, ‘महेन्द्र गेटमा ६५ फिट कायम रहन्छ भने मुनाल चोकमा पनि ६५ फिट नै कायम हुनुपर्छ ।’ तथापि नगरपालिकाले भने मुनाल चोकमा ८१ फिटमा चिन्ह लगाएको उनको भनाइ छ ।

नगरपालिकाको यस् निर्णयको चौतर्फी विरोध भइरहेको बेला बराहक्षेत्रका पाँच राजनीतिक दलले नगरपालिकाको ध्यानाकर्षण भएको जनाउँदै ‘डिमार्केशन’ गरी पुनः नापी गरिनुपर्ने माग राखेका छन् । नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा माओवादी, राप्रपा र जसपाले संयुक्त विज्ञप्ति जारी गर्दै ‘जुन ठाउँमा विकास गर्ने भनेर निर्णय गरिएको छ त्यस स्थानको जनतालाई उपेक्षा र बेवास्ता गरेर गरिने विकासले कुनै अर्थ नराख्ने’ उल्लेख गरेका छन् । संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘विकासको नाममा जनताहरूलाई विस्थापित गर्दै जनताको करोडौंको भौतिक संरचना भत्काएर, पीडित जनतासँग एकपटक पनि छलफल नगरी, बल मिच्याइँबाट नगरले गर्न लागेको विकासप्रति हाम्रो विमति छ ।’

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका कोशी प्रदेश प्रवक्ता विजयकुमार राउत आफ्नो सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गर्छन्, कसैको घर भत्काउने कसैको घर जोगाउने खालको संक्रीण मानसिकता राखेर नगरको बिकास होला र ? कुनै पनि बिकास गर्नुअघि त्यहाँका सम्बन्धित सरोकारवालासँग छलफल, अन्तरक्रिया गर्नुपर्ने तर्क गर्दै डिमार्केशनबाट नापेर मात्रै सडक बिस्तार गरिनुपर्ने नेता राउतको भनाइ छ ।

नगरपालिकाले सबैतिर समान बिस्तार गर्ने होभने आफूहरूको कुनै बिमति नरहने संघर्ष समितिका अध्यक्ष बराल बताउँछन् । अध्यक्ष बरालले नगरपालिकाले यहीँ रूपमा असमान ढंगबाट सडक बिस्तार गर्दै जाने होभने आफूहरू सडक संघर्ष देखि न्यायलयसम्मको बाटो रोज्न बाध्य हुने समेत चेतावनी दिएका छन् । आफ्नो घर बचाउने र अरुलाई छानीछानी पेल्ने रणनीति लिएर मनपरि सडक बिस्तार गर्दै आएका मेयर कार्कीलाई पीडित पक्षसँग छलफल गरेर मात्र अघि बढ्न समेत अध्यक्ष बरालले आग्रह गरेका छन् ।

यता मेयर कार्कीले भने आफूमाथि लगाइएका सबै आरोप निराधार भएको बताएका छन् । उनले भने, ड्रेन (नाला) टु ड्रेन अथवा ६५ फिटमा मेरो घर भेट्छ भने सुरुमै मेरो घर भत्काए हुन्छ । उनकाअनुसार एउटा ड्रेनबाट अर्को ड्रेनसम्म जति संरचना पर्छन् ती सबै लिने भन्ने रणनीतिमा नगरपालिका अघि बढिरहेको छ । पहिलाको नक्साअनुसार महेन्द्र गेटदेखी मुनाल चोकसम्म अतिक्रमण गरेर बनाइएका घर, टहराहरू जति पनि छन् ती सबै लिने हो, उनले भनें ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *