कृष्णमान चौधरी।बेलका
बेलका नगरपालिका वडा न. २ बेल्हामा नि:शुल्क १ दिने आँखा शिबर आयोजना गरिएको छ। बेलका नगरपालिका वडा १ र २ को आर्थिक सहयोगमा तथा नव सार्वजनिक यूवा क्लबको आयोजनामा आँखा शिबिर राखिएको हो।
१ दिने आँखा शिबिर भनिएता पनि अत्याधिक आँखा बिरामीको चापको कारणले भोलि फेरि १ दिन थप गरिएको हो। भोलि पनि नाम दर्ता तथा चेक जाँच हुने भएको छ ।पहिलो दिन तथ्यांकअनुसार जम्मा २५५ जनाको नाम दर्ता भएको छ भने १७१ जनाले आँखा जाच गर्दा गरिसकेका छन भने ६४ जनाको सल्यक्रिया गर्नुपर्ने क्लबका अध्यक्ष अनिल कुमार चौधरीले बताय ।
बिगतका बर्षहरुमा ३ चोटि आँखा शिबिर आयोजना गरिसकेको साथै आँखा जाँच गर्नका लागि छिमेकी जिल्ला सप्तरीबाट समेत आइरहेका क्लबका सदस्य कर्मेन्द्र चौधरीले जानकारी दिए।


