NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकामा नेशनल लघुबित्तद्वारा १३ सदस्यलाई राहत बितरण

1 Mins read

बेलकामा नेशनललघुबित्तद्वारा १३ सदस्यलाई राहत बितरण
अशाेज १२
गतेकाे बाढिबाट प्रभावित क्षेत्रमा राहत वितरण गरिएको हाे ।नेशनल लघुबित्तशाखा कार्यलय बेल्टारले बेलका नगरपालिका वडा नम्बर ३ काे एकता टाेलमा रहेका अाफ्ना १३ सदस्यलाई राहत बितरण गरेकाे छ। असाेज २१ गते वडा नम्बर ३काे कार्यालयमा राहतबितरण भएको हाे।
राहत बितरण गर्नु हुँदै बेलका नगरपालिका वडा नम्बर ३का वडा सदस्य किशोर चाैधरिले सस्थाकाे वडा सङगकाे समन्वयमा राहत बितरणकाे तारिफ गरे। वडा सदस्य चाैधरिले लघुबित्तले दुखद परिस्थितिमा साझेदारि गरेकाे बताए । त्यसै गरि लघुबित्तका धरान शाखा अधिकृत बिष्णुकुमार बिश्वकर्माले राहत बितरणले सदस्यलाई सस्थाले सम्झेकाे बताए । सामाजिक कार्यमा समेत अघिबढि रहेकाे नेशनल लघुबित्त बेल्टार शाखाद्वारा अायाेजित राहत बितरण गरिएको हाे । पछिल्लो समय देशमा बचत तथा ऋणको अावश्यकता बढदै गएको लघुबित्तकाे सदुपयोग के कसरी गर्ने, केका लागि ऋण लिने , बितिय संस्थाले गाँउघरमा के कस्तो सहयोग गरेको छ भन्ने विषयमा जानकारी गराइएको थियो । बित्तिय संस्थाले समाजमा गरेका सामाजिक कार्यको बारेमा जानकारी गराइएको हो । राहत बेल्टार शाखामा केन्द्र नम्बर ४५का सदस्यलाई दिइएकाे हाे। प्रत्येक सदस्यलाई २५ किलाे चामल,एक दर्जन बिस्कुट, अाधा लिटर खाने तेल, एक पाेका नुन, २ थान सेनिटरि प्याड, त्रिपाल एक थान बितरण गरिएको हाे। त्यसै गरि अाज नै धरानमा रहेकाे बिजयपुर हस्पिटल सङग हस्पिटलका अध्यक्ष पङकज चाैधरि र धरान शाखा अनुगमन अधिकृत बिष्णुकुमार बिश्वर्माले नेशनल लघुबित्त र हस्पिटलकाे बार्षिक सम्झाैतामा हस्ताक्षर गरेका छन्। नेशनलमा अाबद्ध रहेका सदस्यलाई उपचार सुबिधा दिने गरि सम्झाैता भएको अनुगमन अधिकृत विस्वकर्माले बताएका छन् । सम्झौता अनुसार सदस्यले भर्ना शुल्क र बेड भर्नामा १५ प्रतिशत, अपरेशनमा ५प्रतिशत, सिटि स्क्यान तथा यमअारअाईमा १० प्रतिशत र अाैषधि खरिदमा ५ प्रतिशत सुबिधा पाउनेछन् ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *