NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

स्व. श्यामकुमार मगर स्मृति कप खुल्ला भलिबल प्रतियोगिताको उपाधी उदयपुर स्पोर्ट्स क्लवलाई

1 Mins read

सुमनसागर
चौदन्डिगडी नगरपालिका वडा नं ८ बिरेन्द्र बजारमा संचालित स्व. श्यामकुमार मगर स्मृति कप खुल्ला भलिबल प्रतियोगिताको उपाधी उदयपुर स्पोर्ट्स क्लबले हात पारेको छ।
मंगलबार भएको फाइनल खेलमा उदयपुर स्पोर्ट्स क्लव प्रथम भएको हो।


प्रथम हुने उदयपुर स्पोर्ट्स क्लबलाई कार्यक्रमका प्रमुख अतिथी तथा चौदन्डिगडी नगरपालिका नगर प्रमुख खगेन्द्र राई र उप प्रमुख रितु चौधरीले नगद ३० हजार साथै सिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरेका छन भने दोस्रो हुने खोटाङ बोपुङ्गले २० हजार नगद साथै सिल्ड मेडल र प्रमाणपत्र हात पारेको हो।

खोटाङ, सुनसरी र उदयपुरकै स्थानीय क्लवहरु गरी १६ वटा समूहले खेलमा सहभागिता जनाएका थिए।

२०७४ को स्थानीय तहको चुनावमा वार्ड अध्यक्ष चुनिएका स्याम कुमार मगरको कोरोना संक्रमण बाट उपचारको क्रममा मृत्यु भएको थियो। मगरको सम्झना र देखेको सपना ,समृद्धिलाई अगाडि बढाउन उहाको नाम बाट भलिबल खेल आयोजना गरिएको भलिबल खेलका संयोजक बिबस राईले बताए। खेललाई सभ्य र भब्य रुपमा सम्पन्न गर्ने सबै मानुभाबलाई संयोजक राईले धन्यवाद ज्ञापन गरेका थिए।

कोरोना माहामारिका कारण निधन भएका स्व. वडा अध्यक्ष श्याम कुमार मगरको स्मृतिमा भलिबल खेल आयोजना गरेका हौं ,चौदन्डिगडी नगरपालिकाले सबै क्षेत्रको बिकासलाई समान ढङ्गले अगाडि बढाएको छ। युवा पुस्तालाई खेलको माध्यम बाट अगाडि बढाउन तथा खेलकुदलाई बिकास गर्न नगरपालिका सधै साकरात्मक रहेको चौदन्डिगडी नगरपालिका नगर प्रमुख खगेन्द्र राईले बताए।
मानव जिवनमा खेलले प्रत्यक्ष असर पार्ने साथै माहामारिको रुपमा रहेको कोरोना भाइरसका कारण प्रभावित भएको खेल क्षेत्र बिस्तारै बिस्तार भएको र नगरपालिकाले सबै खाले खेल सन्चालन गरेको मेयर राइले बताए।

भलिवल खेलमा सहयोग गर्नै सहयोगी दातालाई प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *