NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

ट्याक्टर दुर्घटनामा उदयपुरमा एक जनाको मृत्यु

1 Mins read

ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । खेत जोतेर फर्किने क्रममा ट्याक्टर दुर्घटना भएको हो ।

शनिबार राति अन्दाजी ८ बजेको समयमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका १ रुपनी स्थित खोला छेउको खेत जोतेर घर फर्कने क्रममा स १ त ४२९३ नम्बरको ट्याक्टर पल्टी दुर्घटना भएको हो ।

दुर्घटनामा सोही ठाउँका ट्याक्टर चालक ४० वर्षीय सत्य नारायण चौधरीको १० वर्षिय छोरा नितेष चौधरी गम्भीर घाइते भई उपचारको क्रममा जिल्ला अस्पतालमा करिव ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिनुभयाे ।

अर्का छोरा १२ वर्षीय निमिष चौधरीको बायाँ कम्मरमा र दुवै खुट्टामा चोट लागेको छ भने ट्याक्टर चालकको दाहिने हातमा चोट पटक लागेको छ । उनीहरु दुवैको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *