NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

बेलका नगरपालिका वार्ड न -९ को वार्ड अध्यक्षमा बस्नेतको दाबि

1 Mins read

बेलका नगरपालिका वार्ड न -९ को अध्यक्षमा बस्नेतको दाबि
/ आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा स्वतन्त्र बाट बेलका नगरपालिका वार्ड न -९ को अध्यक्ष पदमा आकांक्षी युवा नेता उमेस बस्नेतले उम्मेदबारी पाएर विजयी भए कार्यकाल अवधिभर कुनै सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । युवा पुस्तामा चर्चित युवा नेता बस्नेतले वार्डमा पहिलो एजेण्डा सुशासन कायम गर्नु रहेको बताउँदै सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको हो ।वार्डमा शुसासन कायम गर्दै वडालाई नै आर्थिक अधिकार सहित शक्तिशाली बनाउने र अधिकतम् सेवा वडाबाटै दिने व्यवस्था मिलाउने प्रतिवद्धता समेत बस्नेतले गर्नुभएको छ । बस्नेत यसअघि समेत समाजसेवामा समर्पित हुनुहुन्छ । असहाय , दुखी गरिबहरुलाई सहयोग गर्दै आउनुभएका बस्नेत कोरियामा बसेर रामपुर परेली नामको सामाजिक सस्था ग्रुपबाट बेलकाको सम्पुर्ण क्षेत्रमा सामाजिक क्षेत्रमा काम गर्दै सहयोग गर्दै आएको ब्याक्ती हुन ।

बस्नेत बेलका नगरपालिकामा चिरपरिचित ब्यक्ती हुन ,लामो समय देखि रामपुर परेली को एड्मिन भयर जनताको माझमा राम्रो छाप दिएका बस्नेत पछिल्लो अवस्था युवाहरको रोजाइमा परेका युवा हुन । गरिबलाई खाद्यान्न बितरण देखि मास्क बितरण ,नगर पालिका भरी हिल्ट्याङ बितरण ,सास्कृतिक कार्यक्रम लगायत सयौं राम्रा काम गरेर अगाडि बढ्दै गरेका बस्नेतले बेलका नगरपालिका -९ को अध्यक्षमा स्वतन्त्र रूपमा उम्मेद्बारी बन्ने बताइएको छ ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *