NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

समृद्द बेलका निर्माण गर्नु मेरो पहिलो जिम्मेवारी मेयर पदका उम्मेद्बार घिमिरे

1 Mins read

समृद्द बेलका निर्माण गर्नु मेरो पहिलो जिम्मेवारी मेयर पदका उम्मेद्बार समृद्द बेलका निर्माण गर्नु मेरो पहिलो जिम्मेवारी मेयर पदका उम्मेद्बार घिमिरे

बेलका / आगामी स्थानीय निर्वाचनमा नेकपा एमालेबाट बेलका नगरपालिकाको मेयर पदका आकांक्षी युवा नेता मोहन प्रसाद घिमिरेले उम्मेदबारी पाएर विजयी भए बेलकाको चौतर्फी बिकासको काम गर्ने बताएका छन । युवा पुस्तामा चर्चित युवा नेता घिमिरेले नगरमा पहिलो एजेण्डा सुशासन कायम गर्नु र सम्भावनाको खानी बेलका नगरपालिका भएकोले बेलकाको कृषिमा यान्त्रिकिकरण गरेर उत्पादन बढाउने, पर्यटकिय स्थानको पहिचान गरि क्रमागत रुपमा पर्यटक भित्र्याउन स्थान पहिचान गरि दिगो विकास गर्ने बताएका छन ।

नगरमा शुसासन कायम गर्दै वडालाई नै आर्थिक अधिकार सहित शक्तिशाली बनाउने र अधिकतम् सेवा वडाबाटै दिने व्यवस्था मिलाउने प्रतिवद्धता समेत मेयर पदका आकांक्षी घिमिरेले बताएका छन। घिमिरे यसअघि वडा नं ९ मा लोकप्रिय मत प्राप्त गर्दै वडा अध्यक्ष समेत बनेका हुन । असहाय , दुखी गरिबहरुलाई सहयोग गर्दै आउनुभएका घिमिरे नेकपा एमाले उदयपुरको हाल जिल्ला सदस्य र बेलका नगरपालिका एमाले पार्टिका सह इन्चार्ज हुन ।

बेलका नगरकमिटीले समेत युवा नेता घिमिरे सहित ९ जनाको नाम सिफारिस गरेको छ ।अवको नेतृत्व युवाले गर्न सके नगरमा समृद्धि छाउने , युवा नेता घिमिरे बताउछन । एमालेमा बिद्यार्थी , युवा संघमा लामो काम गरेका घिमिरे सहनसिल र बौद्धिक नेताको रुपमा परिचित छन ।

वडा अध्यक्ष हुदा नै नगरका गौरवका योजना निर्माणलाई अन्तिम चरणमा पुर्याएका घिमिरेले वडा रिङ्ग रोडलाई स्तरीय बनाउदै पिचको काम समेत शुरु गरेका छन ।

फोहोर ब्याबस्थापन केन्द्र, कबड हल, खेलमैदान , जस्ता नगरका गौरबको योजना वडा नं ९ मा पर्छन।
युवालाई स्वोरोजगार बनाउन तालिम प्रदान , मेसिन औजार बितरण जस्ता लोकप्रिय काम गरेका घिमिरे बेलका नगरपालिका मेयर पदको लागि अब्बल उम्मेद्बार मानिन्छन। त्यसैगरी मेयरमा बेलका बाट धनपती आचर्य,दुर्गा थापा ,मोहन खड्का ,राजकुमारि चौधरी ,सुरेन्द्र बस्नेत, नाराद निरौला ,गणेश बस्नेत ,टीकाराम थामी ,सुरेन्द्र राई समेतको नाम सिफारिस भएको हो।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *