नेकपा एमाले बेलका नगरपालिकाको मेयरमा गणेश बस्नेतको दाबि
/ आगामी स्थानीय निर्वाचनमा नेकपा एमालेबाट बेलका नगरपालिकाको मेयर पदका आकांक्षी युवा नेता गणेश बस्नेतले उम्मेदबारी पाएर विजयी भए कार्यकाल अवधिभर कुनै सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । युवा पुस्तामा चर्चित युवा नेता बस्नेतले नगरमा पहिलो एजेण्डा सुशासन कायम गर्नु रहेको बताउँदै सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको हो ।नगरमा शुसासन कायम गर्दै वडालाई नै आर्थिक अधिकार सहित शक्तिशाली बनाउने र अधिकतम् सेवा वडाबाटै दिने व्यवस्था मिलाउने प्रतिवद्धता समेत बस्नेतले गर्नुभएको छ । बस्नेत यसअघि समेत समाजसेवामा समर्पित हुनुहुन्छ । असहाय , दुखी गरिबहरुलाई सहयोग गर्दै आउनुभएका बस्नेत नेकपा एमाले बेलकाको अध्यक्ष समेत हुन ।
बस्नेत बेलका नगरपालिकामा चिरपरिचित ब्याक्ती हुन ,लामो समय देखि नेकपा एमाले बेलकाको अध्यक्ष चलायर जनताको माझमा राम्रो छाप दिएका बस्नेत श्रीकोसी जनता उच्च माबि बेलका-३ को बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष समेत हुन । गत २०७४ को स्थानीय चुनावमा समेत बस्नेतको कमान्डिङमा बेलकामा मेयर ,उपमेयर सहित ६ वार्ड जिताउन सफल भएको ब्याक्ती हुन । बर्तमान नगरप्रमुख दुर्गा कुमार थापाको कार्यकालमा धेरै कान्ड मच्चिएको हुँदा यश पटक बस्नेतलाई पार्टीले अगाडि बढाउने विशेषश्रोत बाट बुझिएको हुँदा बस्नेतको पहिलो दाबेदारी रहेको बुझिएको छ ।
बेलका नगरकमिटीले समेत अध्यक्ष बस्नेत सहित १० जनाको नाम सिफारिस गरेको छ ।अवको नेतृत्व युवाले गर्न सके नगरमा समृद्धि छाउने नेता बस्नेतको भनाई छ । एमालेमा विद्यार्थीकालदेखि नै सकृय राजनीतिमा लागेका बस्नेत मेयरका लागि दाबेदार उमेद्वार समेत हुनुहुन्छ । मेयरमा दावी गर्नेहरुमा मोहन प्रसाद घिमिरे , धनपती आचरय, सुरेन्द्र राई ,राजकुमारि चौधरी ,टिकाराम थामि,मोहन खड्का ,दुर्गा थापा , सुरेन्द्र बस्नेत,नारद निरौलाको नाम बेलका कमिटीले सिफारि पठाएको छ ।


