मेयरमा निर्वाचित भए सरकारी सेवा सुविधा नलिने युवा नेता बस्नेतको घोषणा
बेलका / आगामी स्थानीय निर्वाचनमा नेकपा एमालेबाट बेलका नगरपालिकाको मेयर पदका आकांक्षी युवा नेता सुरेन्द्र बस्नेतले उम्मेदबारी पाएर विजयी भए कार्यकाल अवधिभर कुनै सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । युवा पुस्तामा चर्चित युवा नेता बस्नेतले नगरमा पहिलो एजेण्डा सुशासन कायम गर्नु रहेको बताउँदै सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको हो ।नगरमा शुसासन कायम गर्दै वडालाई नै आर्थिक अधिकार सहित शक्तिशाली बनाउने र अधिकतम् सेवा वडाबाटै दिने व्यवस्था मिलाउने प्रतिवद्धता समेत बस्नेतले गर्नुभएको छ । बस्नेत यसअघि समेत समाजसेवामा समर्पित हुनुहुन्छ । असहाय , दुखी गरिबहरुलाई सहयोग गर्दै आउनुभएका बस्नेत अखिल उदयपुरको अध्यक्ष समेत भयर अहिले केन्द्रिय सदस्यमा छ्न ।
बेलका नगरकमिटीले समेत युवा नेता बस्नेत सहित ९ जनाको नाम सिफारिस गरेको छ ।अवको नेतृत्व युवाले गर्न सके नगरमा समृद्धि छाउने नेता बस्नेतको भनाई छ । एमालेमा विद्यार्थीकालदेखि नै सकृय राजनीतिमा लागेका बस्नेत मेयरका लागि दाबेदार उमेद्वार समेत हुनुहुन्छ । मेयरमा दावी गर्नेहरुमा टिकाराम थामी, मोहन प्रसाद घिमिरे , धनपती आचरय, सुरेन्द्र राई ,राजकुमारि चौधरी ,मोहन खड्का ,दुर्गा थापा , गणेश बस्नेत,नारद निरौलाको नाम बेलका कमिटीले सिफारि पठाएको छ ।


