NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

स्वर्गीय आमा धर्म कुमारि कट्वालको स्मृतिमा अक्षयकोष स्थापना

1 Mins read

बेलका/ स्वर्गीय आमा धर्म कुमारि कट्वालको स्मृतिमा अक्षयकोष स्थापना
बेलका नगरपालिका वडा नं ३ मा रहेको कोशी जनता माध्यामिक बिधालयमा स्वर्गीय आमा धर्म कुमारी कट्वालको स्मृतिमा छोरा दिपक र बुहारी राखी कुँवरले गरिब र जेहेन्दार बिद्यार्थीको लागि अक्षयकोष स्थापना गर्नु भएको छ।

बुधबार बिधालयमा एक औपचारिक कार्यक्रमको बिच छोरा दिपक कुँवरले रु १ लाख ११ हजार ११ सय ११ रुपैयाँ रकम बिधालय ब्याबस्थापन समितिका अध्यक्ष गणेश बस्नेतलाई हस्तान्तरण गरेका छन।

बाल्यकालमा आफुले बर्णमाला पढेको बिधालयलाई सहयोग गर्न पाउँदा आफू निकै हर्षित भएको अक्षयकोषका संस्थापक दिपक कुँवरले बताए।

बिधालयमा बार्षिक रुपमा गरिब र जेहेन्दार बिद्यार्थी छनोट गरि सहि ढंगबाट छात्रावृती बितरण गरिने बिधालय ब्याबस्थापन समितिका अध्यक्ष गणेश वस्नेतले बताए। छिट्टै नै अक्षयकोष परिचालन समिती गठन गरि अक्षयकोषलाई ब्याबस्थापन ढङ्ग बाट संचालन गर्ने अध्यक्ष वस्नेतले बताए।

बिधालयमा स्थापना भएको अक्षयकोषलाई पारदर्शी ढङ्गबाट परिचालन गर्दै बिधालयको चौतर्फी बिकास गर्न सबैपक्ष एकजुट भएर लाग्न सके सामुदायिक बिधालयको शैक्षिक गुणस्तर वृद्धि हुने बेलका नगरपालिका वडा नं ३ का वडा अध्यक्ष टंक प्रसाद आचार्यले बताए।
कार्यक्रममा शिक्षक ,शिक्षिका, स्थानीयबासी र बिद्यार्थीको उपस्तिथि रहेको थियो।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *