NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

देशले नेपाली कांग्रेसको एकता खोजेको छ : डा नारायण खड्का

1 Mins read

सुमन सागर /बेलका
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा नारायण खड्काले देशले नेपाली कांग्रेसको एकता खोजेको बताएका छन। देशको रक्षा गर्ने , जनताको जन जिवनको मुद्दामा सक्रिय रुपमा लाग्ने भएकाले जनताको चाहाना नेपाली कांग्रेस मात्र भएको बताएका छन।
उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ३ धौरी टप्पुमा बिहिवार वडा कमिटिले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमा डा खड्काले म आफै कुनै गुटमा विस्वास नगर्ने भएकाले पार्टिलाई एक ढिक्का बनाउन गुटको राजनिती गर्न नहुने बताएका छन। कांग्रेस विधि ,बिधान र पद्द्तिमा चल्ने भएकाले नेपाली जनतले कांग्रेसलाई खोजेको छ, कम्युनिस्टको अराज राजनिती देखि जनता आजित भएकोले देशको समृद्दिमा देशको रक्षा र आम मानिसको जनजिवनको मुद्दामा कांग्रेस सक्रिय भएर लाग्ने भएकोले नेपाली कांग्रेसमा गुटको हैन, एकताको राजनिती गर्न समेत डा खड्काले आग्रह गरेका छन।
अबको डेड बर्ष पछि स्थानिय चुनाब आउदैछ,हाम्रो काम राम्रो नभए ,जनताको पैसा दुरुपयोग गरे जनताले विस्वास नगर्ने भएकाले जनताको इच्छा अनुसार काम गर्न समेत स्थानिय नेता कार्यकर्ता लाई डा खड्काले आग्रह गरेका छन।
कार्यक्रममा बोल्दै जिल्ला सभापती बिदुर बस्नेतले जनताको माग नेपाली कांग्रेस भएकोले आउने निर्वाचनमा एक ढिक्का भएर लाग्नु पर्ने बताए। पार्टिले प्रदान गर्ने क्रियाशिल सदस्यको फर्म समान ढंगले बितरण गर्न समेत आग्रह गरेका छन ।
कार्यक्रममा १ देखि ९ वडा सम्मका वडा सभापतिले योजनाको माग गरेका थिए ।
जिल्ला सदस्य, क्षेत्रीय सदस्य, तरुण दल, ने बि संघ लगायतको बाक्लो उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *