रास्ट्रीय जनमोर्चाका जिल्ला अध्यक्ष सहित १ दर्जन भन्दा बढी नेकपामा प्रवेश ।
उदयपुर । रास्ट्रीय जनमोर्चा उदयपुरका जिल्ला अध्यक्ष गंगध्वज कार्की र काङ्ग्रेसका केही कार्यकर्ता सहित १ दर्जनभन्दा बढी नेकपा प्रवेश गरेका छन् । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर -६ लालपत्ता मा एक कार्यक्रम गरि पार्टी प्रवेश गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथि नेकपा १ नम्बर प्रदेश सचीव एवम् संघीय सासंद माननीय सुरेस कुमार राइले टीका र खादा लगायर प्रवेश गराउनुभयको थियो । कार्यक्रममा केन्द्रिय सदस्य एवम् उदयपुर जिल्ला इन्चार्ज बलदेव चौधरी , नेकपा उदयपुर जिल्ला सचीव ईश्वर मणि राउत , प्रदेश सदस्य निरज पौडेल, जिल्ला कमिटी सदस्य किरण राई , बिमल राई , सम्झना पाखृन , गिता कार्की ,मणि दाहाल ,साबित्रा कार्की मजदुर नेता घनश्याम ठकुरी लगायतका प्रभावशालि नेता को उपस्थित रहेको थियो ।
कार्यक्रममा नेकपा प्रदेश सचीव माननीय सुरेस कुमार राई ले सुभकामना दिदै” रास्ट्रीय जनमोर्चा कुशल कम्युनिस्ट नेता तथा कार्यकर्ता उत्पादन गर्ने पार्टी रहेको र यश पार्टी बाट विभिन्न कालखण्डमा नेता नारायणकाजी श्रेष्ठको पाला देखि नै पार्टी प्रवेशको लहर चलेको र यो पार्टी प्रवेशको लहर अहिलेसम्मपनि निरन्तर नै रहेको साथै जनमोर्चामा काम गर्दाको उहाँहरुको अनुभव योगदान लाई पार्टीले पहिलेदेखिनै उचित मुल्यांकन गरेको र अहिले पनि उचित मुल्यांकन हुनेमा ढुक्क रहन प्रतिबद्धता गर्नुभयो ।” कार्यक्रममा रास्ट्रीय जनमोर्चा का जिल्ला अध्यक्ष गंगध्वज कार्की ।
२ जिल्ला सदस्य किसन दाहाल
३ जिल्ला सदस्य बिनिता पोखरेल
४ जिल्ला सदस्य पूर्णसिंह सिजाली
५ जिल्ला सदस्य रमेश कार्की
६ जिल्ला सदस्य अप्सरा कार्की
सदस्यहरु :
७मिलन कार्की
८ रिता कार्की
९ टुकराज पोखरेल
१०बिपना पोखरेल
११ शोभा बानिया
१२प्रेम कुमारी कार्की
१३ प्रकाश दाहाल
१४ गोपाल दाहाल
नेपाली काङ्ग्रेस बाट
१ धन बहादुर कार्की (दिवस)
२ चीन बदाहुर तामाङ
३ सान्दिर राउत
४ झलकी माया थापा(कार्की)
पार्टी प्रवेश गरेका थिए ।


