NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

नेपाल कम्युनिस्ट पार्टी उदयपुरगढी गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न

1 Mins read

उदयपुुुरगडी / : नेपाल कम्युनिस्ट पार्टीको उदयपुरगढी गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको

छ ।

पार्टीका १ नम्बर प्रदेश सचीव सुरेश कुमार राई (हिमाल) को उपस्थितिमा सपथग्रहण कार्यक्रम सम्पन्न भएको हो । सपथग्रहण समारोह पश्चात नेकपा उदयपुरगढि गाउँपालिका पार्टी कमिटीले पुर्णता पाएको छ ।

गोपाल खत्री अध्यक्ष तथा भुवन केप्छाकी मगर सचीव रहेको ७५ सदस्यीय गाउँपालिका कमिटीले सपथ ग्रहण गरे सँगै पाटीले गतिविधीहरु बढाउने नेकपा उदयपुरगडिपालिका सचिव मगरले जानकारी दिए ।

उनिहरुलाई नेकपाको एक नम्बर प्रदेश पार्टी कमिटी सचीव तथा प्रतिनिधि सभा सांसद सुरेश कुमार राईले सपथ  ग्रहण गराएका थिए । पार्टीको गाउँपालिका कमिटी अध्यक्ष बनेका खत्री साविक एमालेका हुन तत्कालीन एमाले जिल्ला कमिटी सचीवमा पराजित ब्याक्ती हुन भने सचीव केप्छाकी मगर माओवादी केन्द्रका युवा नेता हुन् ।

सपथ ग्रहण समारोहमा प्रमुख अतिथि राईका साथै नेकपा उदयपुर जिल्ला इन्चार्ज बलदेव चौधरी, जिल्ला अध्यक्ष बिनोद कटुवाल ‘दिवस’, जिल्ला सचीव इश्वरमणि राउत, प्रदेश कमिटी सदस्यहरू मोहन बहादुर खत्री, अनिल अधिकारी ,नारायण बुर्जामगर, द्रोण पौडेल, जिल्ला सदस्य देब गिरि ,हेम खडका लगायतको उपस्थीति रहेकाे थियो ।

देशका प्रमुख दुई शक्तिशाली कम्युनिस्ट पार्टी तत्कालीन माओवादी केन्द्र तथा एमाले बीच एकता भएको २ वर्ष बढी बितिसक्दा पनि स्थानीय तह पार्टी कमिटीको सम्म एकता टुंगिएको थिएन ।

पछिल्लोपटक नेकपाका अध्यक्षद्वय पुष्प कमल दाहाल र केपि शर्मा ओलीका बीच छिटोभन्दा छिटो पार्टी एकताको काम सक्ने सहमति भएको थियो । दुई अध्यक्षबीचको सहमति अनुसार उदयपुरमा पनि पार्टीको स्थानीय तह तथा वडासम्मको एकता प्रक्रियामा तीव्रता आएको छ !चौदन्डी नगरकमिटिले टोल स्तरिय कमिटी बनाइरहेको छ भने अन्य पालिकाकमिटिले सुरु गर्दै छ्न! केन्द्रमा हलचल जे भयपनी मजबुत पार्टी बनाएर जनताको पार्टी बनाउने बताय उक्त क्षेत्रका युवा बिकासप्रेमी नेकपा जिल्ला सदस्य देब गिरि!

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *