NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

प्रधानमन्त्री ओलि द्वारा नेकपा फुटाउने प्रस्ताव

1 Mins read

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अलग पार्टी बनाएर जाने मनसाय बनाएका छन्। शनिवार दुई अध्यक्षबीच भएको भेटमा प्रधानमन्त्री ओलीले अब अलग-अलग हिँड्ने प्रस्ताव गरेका हुन्।

अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच शनिवार दिउँसो सवा १ बजे बालुवाटारमा भेट भएको थियो। भेटमा प्रचण्डले छलफल तिक्ततामा परिणत भएकोले अब सचिवालय बैठकबाट विवाद समाधान गर्नुपर्ने बोलाउने प्रस्ताव गरेका थिए। तर प्रधानमन्त्री ओलीको मनसाय पार्टी अलगअलग जाने भन्ने रहेको नेकपा स्रोतको भनाई छ।

‘प्रधानमन्त्रीले सँगै जान सकिएन, अब अलग-अलग लागौं भनेर अध्यक्ष प्रचण्डसँग प्रस्ताव गर्नुभएछ,’ नेकपा एक स्थायी समिति सदस्यले भने, ‘प्रधानमन्त्रीले पार्टी र स्थायी कमिटी बैठकको निर्णय म मान्दिनँ भन्नुभयो।’ ती नेताका अनुसार आइतबार पनि प्रधानमन्त्री ओलीले प्रचण्डसँग उक्त प्रस्ताव गरेका थिए। तर पार्टीका शीर्ष नेताहरूले पार्टी फुटाउन नहुने विषयमा जोड दिएका छन्।

पार्टीको निर्णय सबैले मान्नुपर्ने र पार्टी एकता बचाउनुपर्ने दायित्व सबैले लिनुपर्नेमा शीर्ष नेतृत्वको जोड रहेको ती नेताको भनाई छ। ‘पार्टीका निर्णय कार्यान्वयन गरेर जानुपर्छ। सरकार र पार्टीलाई विचार, विधि र नीतिकै आधारमा चलाउनुपर्छ। पार्टी कमिटीले गरेको निर्णय सबैले मान्नुपर्छ। यो दुई वर्ष जनमुखी काम गर्ने, सामाजिक, आर्थिक रूपान्तरणको काम गर्ने र यही बिचमा महाधिवेशनको तयारीमा पनि लाग्ने भन्ने नै निष्कर्ष हो,’ एक सचिवालय सदस्य भन्छन्।

प्रधानमन्त्रीले अलक अलक जाने प्रस्ताव गरेपछि उक्त विषयमा अध्यक्ष प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’सँग छलफल गरेका छन्। प्रधानमन्त्री स्वयंले उक्त प्रस्ताव गरेपछि पार्टी एकता कायम गर्न लागि पर्ने निष्कर्षमा उक्त छलफल पुगेको नेकपाका एक नेताले बताए।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *