बेलका/ बेलका नगरपालिकामा स्थापित सामाजिक सस्था सुभ बिहानी नेपालको आयोजना तथा गङ्गा बहादुर सिवाकोटी स्मृति फुटबल प्रतियोगिता २०७७ उद्घाटन खेल सम्मन भएको हो ।
सामुहिक एकता ,सहकार्य र समृद्धिको लागि फुटबल भन्ने मुलनाराका साथ उद्घाटनखेलको अध्यक्षता छत्रमणी सेढाईले गरेका थिए भने प्रमुख अतिथिको रूपमा बेलका नगरपालिका वार्ड न ९ का अध्यक्ष तथा नगर प्रबक्ता ,नेकपा जिल्ला सदस्य मोहन प्रसाद घिमिरेको प्रमुखउपस्थितिमा नेकपा सचीव गणेश बस्नेत ,कांग्रेस महासमिती सदस्य अशोक कार्की , साहरा बिकास केन्द्रको अध्यक्ष दमन कट्वाल, लगायत ब्यक्तीहरुको उपस्थितमा उद्घाटन भएको हो ।
बेलका -९ धौरी रंगशालामा भएको उद्घाटन खेलमा सुनसरीको सखुवागाछी क्लबलाई आयोजक सुभ बिहानिले ट्राइबेकरम ४-३ ले जित हात पारेको हो ।
उद्घाटनखेलमा खेलकुदको बिकास नै आजको आवस्यकता र बेलका नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए प्रमुख अतिथि घिमिरेले ।
प्रथमलाई २० हजार ट्रपी,सिल्ड ,प्रमाणपत्र छ भने दोस्रोलाई १० हजार ट्र्पि ,सिल्ड प्रमाणपत्र छ ,उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको ब्यबस्था गरिएको बताय आयोजक सदस्य अनुप घिमिरेले
प्रथम गङगा बहादुर स्मृतिकपमा स्वागत मन्तव्य दिदै बौद्धिक युवा दिनेश सिवाकोटीले खेल क्षेत्र ,युवाहरूको सर्वाङिण बिकासको लागि सबै एक जुट हुनुपर्ने बताय भने समाजमा रहदा गङ्गा बहादुर सिवाकोटीले गरेको सेवा ,सहयोगको चर्चा गरेका थिए भने उक्त सोलारिटि खेलकुद प्रतियोगिता कार्तिक ३० गतेसम्म हुन्छ जम्मा १० टिम सहभागी रहेको बताय आयोजक सदस्य अम्मर सिवाकोटीले ।उक्त रंगशालामा तत्कालीन ठोक्सिला गाबिस हुदा वार्डकप भएको समेत आज चर्चा भएको थियो जहाँ बेलकाका १० नै टिम सहभागि थिए ।


