NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

बिहार बिधानसभाको चुनावमा कम्युनिष्ट पार्टी उदाउदा

1 Mins read

बिहारको विधानसभा निर्वाचनमा कम्युनिष्ट पार्टीहरुले पहिलेको तुलनामा आफ्नो अवस्था सुदृढ बनाएका छन् ।
राष्ट्रिय जनता दलसँगको एलाइन्समा तीन कम्युनिष्ट पार्टीले जम्मा २९ वटा सिटमा प्रतिस्पर्धा गरेका थिए । २९ सिटमध्ये कम्युनिष्ट पार्टी अफ इन्डिया (सिपिआई) ६ सिटमा, सिपिआई (एमएल) १९ सिटमा र कम्युनिष्ट पार्टी अफ इन्डिया (सीपीआई एम) ले चार सिटमा प्रतिस्पर्धा गरेका थिए ।
पछिल्लो नतिजा अनुसार सिपिआईले दुई सिट जितेको छ, सिपिआई (एमएल)ले १२ सिटमा र सिपिआई(एम) ले २ सिट जितेका छन् । बिहारमा आफ्नो दलको अवस्था सुध्रिएपछि कम्युनिष्ट पार्टीका नेताहरु उत्साहित देखिएका छन् । यस पटक तीन कम्युनिष्ट पार्टीले जम्मा १६ सिट जितेका छन् ।
सन् २०१० मा कम्युनिष्ट पार्टी अफ इन्डिया (सिपिआई) ले एक सिट जितेको थियो भने सन् २०१५ को निर्वाचनमा कम्युनिष्ट पार्टी अफ इन्डिया–एम–एल(लिवरेसन) ले तीन सिट जितेको थियो । अन्य दुई वामपन्थी दलले एक सिट पनि जितेका थिएनन् । यस अगाडिको विधानसभा निर्वाचनमा कम्युनिष्ट पार्टीले जम्मा ३ सिट जितेको थियो ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *